यस्तो पनि…….ड्रोनले पत्ता लगायो हजार वर्ष पुरानो गाउँ

अहिलेसम्म ड्रोन (चालकरहित विमान) लाई शत्रु लुकेर बसेको ठाउँमा बम खसाउन प्रयोग गर्ने गरिन्थ्यो । तर, अब पुरातत्व विशेषज्ञले समेत ड्रोनलाई प्रयोगमा ल्याउन थालेका छन् । ड्रोनमार्फत हजार वर्ष पुरानो बस्ती फेला परेपछि पुरातत्व विज्ञानमा ड्रोनको उपादेयता बढ्ने देखिएको छ ।
yt
अमेरिकी राज्य न्यु मेक्सिकोको नाको कैन्यन भन्ने ठाउँ छेउमा ड्रोनको सहयोगबाट पुरातत्वविद्हरूले हजार वर्ष पुरानो गाउँ फेला पारेका हुन् । यो गाउँ कुन ठाउँमा छ भन्ने सन १९७० मै पत्ता लागेको थियो । तर, गाउँ बालुवामुनि पुरिएकाले यसको फोटो लिन सकिएको थिएन । ड्रोनको सहायताले गाउँको फोटो लिन सम्भव भएको हो । “थर्मल इमेजरी” को सहायताले ड्रोनमार्फत जमिनभित्र दबेर रहेको गाउँको फोटो खिचिएको हो ।

पुरातत्वविद्हरूले यो गाउँको नाम “ब्लु जे” राखेका छन् । “ब्लु जे” गाउँ प्राचीन अमेरिकी गाउँसँग मिल्दोजुल्दो छ । गाउँभरमा ६० वटा जति घर रहेको फोटोमा देख्न सकिन्छ ।

गाउँ सम्बन्धी अध्ययनमा संलग्न पुरातत्वविद् डा. जोन कान्टनर ड्रोनका कारण अनुसन्धान छिटो छरितो भएकोमा खुसी छन । उनी भन्छन, “ड्रोनका कारण महिनौँ लाग्ने काम केही दिनमै सकियो । जमिनमुनि पुरिएको गाउँको फोटो लिन हामीले सो क्षेत्रमा बनेका बस्ती र मानिसलाई त्यहाँबाट स्थानान्तरण गर्नुपथ्र्यो । यसो गर्न महिनौँ लाग्ने थियो । तर, ड्रोनले केही दिनमै यो काम गरेर ठूलो राहत दिएको छ

,

news and entertainment