जंगलमा अर्को युद्धको जोखाना( नेताहरु भूमिगत हुदै )

१० बैशाख, काठमाडौ ।
काठमाडौमा अहिले खोजियो भने मुस्किलले फेला पर्छन देव गुरुङ र पम्फा भुसाल । मोहन बैद्य किरण, रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द विप्लव, कुलबहादुर केसी लगायतले महिना दिन काट्न लाग्दा समेत काठमाडौ फर्कने मेसो पाएका छैनन् । बैद्य बेला बखत आएपनि तुरुन्तै गइहाल्छन् ।

बादल, विप्लव लगायत भने लगातार बाहिरै छन् । जिल्ला सम्मेलनका लागि बादल, विप्लब बाहिर गएपनि पश्चिम नेपालको पहाडी जिल्लामा भने माओवादी तयारी वेग्लै तवरले अगाडी बढेको छ । बरु लडेरै सकिने भन्दै युवा समूह रोल्पा, जाजरकोट, रुकुम लागायत जिल्लामा केन्द्रीत भएको पूर्वलडाकु समेटेर माओवादीले बल प्रयोगको तयारीलाइ अगाडी बढाइ रहेको सूचना दिएका छन् ।

त्यसका लागि युद्धकालमा लुकाइएका तथा माओवादी पूर्व लडाकूसंग रहेका हतियार समेत नेकपा माओवादीले हात पार्ने कोशिष भएको छ । गत चुनाव आसपास मात्रै झण्डै ६० लाखमा त्यस्तो हतियार खरिद भएको ती नेताले बताए । जनआस्था साप्ताहिक 

,

news and entertainment