भेटघाटमन्त्री’ भएकोले एसएसपी खरेलमाथि आक्रोश पोखेको गृहमन्त्रीको भनाइ

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीका एसएसपी तथा काठमाडौँ प्रहरी प्रमुख रमेश खरेलले आफूलाई भेट्न नआएको भन्दै आक्रोश पोखेको कारण खोलेका छन् |
गृहमन्त्री बामदेव गौतम..
गृहमन्त्री बामदेव गौतम..
केहि हप्ता अगाडी मन्त्री गौतमले काठमाडौं प्रहरी प्रमुख रमेश खरेल सेलीब्रेटी बन्न खोजेको आरोप लगाएका थिए | युवा संघ नेपालको केन्द्रीय कमिटिको तेस्रो पूर्ण बैठकलाई धुलिखेलमा सम्बोधन गर्दै गृहमन्त्री गौतमले सिंहदरबारमा कार्यालय र ललितपुरमा मन्त्री निवास हुँदा समेत खरेल आफुलाई भेट्न नआएको दुखेसो पोखेका थिए। उक्त अभिव्यक्तिलाई लिएर उनी निकै आलोचित भएका थिए |
 काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश खरेल..
काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश खरेल..
मंगलबार आफ्नै पार्टी एमाले निकट मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको विचार गोष्ठीमा उनले आफूलाई ‘गृहमन्त्री’ नभइ ‘भेटघाटमन्त्री’को रुपमा प्रस्तुत गरेका छन्। गौतमले भेटघाटकै व्यस्थताका कारण आफूले गृह मन्त्रालयको कतिपय महत्वपूर्ण काम पनि गर्न नभ्याएको बताए ।
‘म हुन त गृहमन्त्री भएको मान्छे हुँ तर आजभोलि भेटघाटमन्त्री भएको छु’ उनले विचार गोष्ठीलाई सम्बोधन गर्दै भने, ‘घरमा गयो भेटघाट, मन्त्रालय गयो त्यही भेटघाट भएन भनेर यो कार्यक्रममा आएको यहाँ पनि भेटघाट, भन्ने हो भने म सँग त समय नै छैन ।

, ,

news and entertainment