शिक्षा मन्त्रालयको उपसचिव अख्तियारको नियन्त्रणमा


akhtiyar
काठमाडौ, वैशाख ९ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा मन्त्रालयका  एकजना उपसचिवलाई नियन्त्रणमा लिएको छ । एमबीबीएसको प्रवेश परीक्षामा उत्तिर्ण गराईदिने भनेर घुस लिएको अभियोगमा उनीमाथि अख्तियारले छानविन थालेको छ ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाले उपसचिव वेणीमाधव भट्टराईलाई अख्तियारको हिरासतमा राखिएको बताए । ०६८ सालको पौष/माघ महिनामा मन्त्रालयद्वारा सञ्चालित एमबीबीएस परीक्षामा उत्तिर्ण गराईदिन्छु भनेर भट्टराईले विभिन्न व्यक्तिहरुसाग एक करोड भन्दा बढी रकम घुस खाएको उजुरी आयोगमा परेको थियो । लामो समयदेखि आयोगले खोज्दै आएपनि उनी सम्पर्क बाहिर रहादै आएका थिए । उनलाई अनसन्धानका लागि हिरासतमा राखिएको र अनुसन्धानपछि मात्रै थप कुरा खुल्ने सापकोटाले जानकारी दिए । शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले भट्टराईलाई गत वर्ष नै मन्त्रालयले दोषी देखिएपछि वर्खास्ता गरिसकेको जनाएका छन् ।

,

news and entertainment