अनिल सिंहले आफै मरेको खबर सुने...
काठमाडौं । पप गायनका चर्चित गायक अनिल सिंहले गत साता आफैले आफ्नो मृत्युको खबर सुन्नुपर्यो ।
केही दिन सम्पर्कविहिन बन्दा कतैबाट हावा बनेर उनको मृत्युको खबर आयो र त्यसले पात हल्लाउँदै हल्ला बनेर सवत्र फैलियो ।
गायक अनिल आफै चकित परे, ‘यस्तो हावा कहाँबाट आइरहेको छ’ भनेर । कसरी यस्तो हावादारी हल्ला चल्यो त भनेर सोध्दा उनले आफ्नो मोबाइल फुटेर सम्पर्कबिहिन हुँदा कसैले रिसको झोंकमा यसो भनेको हुनसक्ने अनुमान गरे ।
उनले भने, ‘लामो समयदेखि विदेशको कार्यक्रममा व्यस्त भएँ । सेट फुटेर कसैसँग सम्पर्कमा थिइनँ । कसैले कल गरेको ग¥यै गरे होलान् । नभेटेपछि रिसले म¥यो भनेर हल्ला चलाएको हो कि जस्तो लाग्छ ।’
‘हल्ला सुन्दा म अष्ट्रियाबाट पासपोर्टको समय थप्न नेपाल आएको थिएँ । अष्ट्रियाबाट युरोप जानुपर्ने मान्छे यता आएको थिएँ, आउनासाथ गजबको हल्ला सुने, म त मरें रे’ उनले हाँस्दै सुनाए ।
आफू बितेको खबरले डर लागेन भन्ने प्रश्नमा उनले आफूलाई कत्ति पनि डर नलागेको सुनाए । ‘म जिउँदै थिएँ मरेको खबरले के डराउनु’, उनले थपे, ‘बरु साथीभाई, आफन्त, शुभचिन्तकहरु चाहिँ आत्तिएछन् ।’ उनी अर्को कार्यक्रमको लागि आउँदो साता जापान जाँदैछन् ।