हलिउडकी चर्चित अभिनेत्री तथा गायिका सेलेना गोमेजको नेपाली प्रेमी रहेको खुलासा

काठमाडौँ, १० जेठ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा शुक्रबार अपराह्न दुई बजे एउटी किशोरी मुख छोपेर बसेकी थिइन् । छेउमै थिए, कृषिमन्त्री हरिप्रसाद पराजुली तर उनलाई ती अन्तर्राष्ट्रिय सेलिब्रेटी किशोरीको हैसियत थाहै भएन । त्यसैले उनीबारे पराजुलीले खासै चासो राखेनन् र कुरा पनि गरेनन् । त्यहाँ खटिएका सुरक्षाकर्मीलाई दुवैको सुरक्षाको चासो थियो । सँगसँगै उनीहरूमा ती किशोरीले किन मुख छोपेर बसेकी होलिन् भन्ने जिज्ञासा सबैभन्दा बढी थियो । ‘मैंले भीआईपी कक्षमा समेत उनलाई मुख छोपेरै बसेको देखें’ विमानस्थल सुरक्षा प्रमुख डीआईजी यादव अधिकारीले भने, ‘मेरो काम सुरक्षा हेर्ने हो त्यसैले किन मुख छोपेर बसेकी होलिन् भन्ने लागे पनि उनलाई सोधिनँ ।’


हलिउडकी चर्चित अभिनेत्री तथा गायिका सेलेना गोमेज चारदिने नेपाल भ्रमणमा बर्दिया र नेपालगन्जबाहेक यसरी नै अनुहार छोपेर बस्न रुचाइन् ।
फोटो खिच्न गएका र उनीसँग भेट्न लालायित नेपाली युवायुवतीलाई देखेपछि उनले सुरक्षाकर्मीलाई भनिन्, ‘यो मेरो नितान्त निजी भ्रमण हो, मेरो फोटो खिचिदिनुभएन ।’ तैपनि उनलाई फ्यानहरूले छाडेनन् । अठार–बीस वर्षका जस्ता देखिने तीन युवती र त्यस्तै उमेरका दुई युवक बिहीबार अपराह्नदेखि रातिसम्म र शुक्रबार बिहानैदेखि बत्तीसपुतलीस्थित होटल द्वारिकाजको लबीमा बसे । उनीहरूले बिहानीको खाजा र खाना पनि त्यहीं खाए । उनीहरू हलिउड स्टार गोमेजसँग भेट्न र फोटो खिचाउन चाहन्थे । गोमेजको सुरक्षामा खटिएका प्रहरीमार्फत उनीहरूले खबर पठाए पनि, तर उनले यी नेपाली फ्यानसँग भेट्न मानिनन् । फोटो पत्रकारहरूलाई त यसरी छलिन् कि बर्दियामा उपहार लिएको एउटा ढाकीले मुखै ढाकिन् ।

सलेना नेपाल आएको सबै कुरा गोप्य राख्न खोज्नुको  कारण भने  अर्कै रहेछ,उनकै सहयोगीले नाम नभन्ने सर्तमा उनको नेपाली प्रेमी रहेको र उनि नितान्त सबै कुरा गोप्य राख्न चाहेको खुलासा गरिन तर त्यो भाग्यमानी पुरुष को हुन् भन्ने बारे उनि खुलाउन चाहेनन् हेरौ अब सेलेनाले त्यो नेपाली पुरुषलाइ कहिले सार्बजानिक गर्छ ?

नेपाली फ्यान र मिडियासँग आखिर किन छलिन् खोजिन् त उनी ? उनको सुरक्षाव्यवस्था मिलाएका नेपाल प्रहरीको विशिष्ट व्यक्तिहरूको सुरक्षा हेर्ने सुरक्षा निर्देशनालयका प्रमुख डीआईजी सुशीलवरसिंह थापाले भने, ‘धेरै भीडभाड लाग्ने डरले त्यसो गरेकी होलिन् ।’ गोमेजले फोटो खिचेर सार्वजनिक गरिएको भन्दै सुरक्षाकर्मीसँग गुनासो गरेको जानकारी थापाले दिए । अमेरिकी मिडियाले गोमेज देशबाट एकाएक हिँडेपछि धेरै खोजेको जानकारी पाएकी उनले त्यहाँको मिडियामा आफू कहाँ गएको हो भन्ने थाहा नहोस् भन्ने चाहना राखेको भ्रमणमा सहभागी स्रोतले बतायो । काठमाडौं आएको दिन गोप्य भए पनि दाङ जान जेठ ६ गते विमानस्थल पुगेपछि उनीसँग खिचिएका तस्बिर सोही दिन सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । जसका कारण नितान्त निजी भ्रमण चाहेकी उनको इच्छा पूरा हुन पाएन । युनिसेफको ब्रान्ड एम्बासाडर भएर नेपाल आएकी गोमेज पश्चिम तराईको दाङमा आयोजित संस्थाका विभिन्न कार्यक्रममा भाग लिएर फर्कंदा उनीसँग फोटो खिच्न लालायित विमानस्थलकै कर्मचारी यात्रु ओसार्ने ¥याम्प बस चढेर उनलाई स्वागत गर्न विमानसम्मै पुगेका थिए ।

 जहाजबाट नओर्लंदै उनले आपत्ति जनाइन्, ‘यत्रो भीड यहाँ ?’ उनले त्यहाँ पनि तस्बिर खिचाउन अस्वीकार गरिन् । र अनुहार छोप्दै होटेलसम्म गइन् । निजी भ्रमण भएकाले अगुवापछुवा सुरक्षाकर्मी नचाहिने भनेकी थिइन् उनले । तर फ्यानहरूले पछ्याउन थालेपछि शुक्रबार दिउँसो युनिसेफको कार्यालय भ्रमण गर्ने कार्यक्रम पनि रद्द गरेर एअर इन्डियाको उडानबाट उनी फर्किइन् । उनको सुरक्षाका लागि प्रहरीले एक महिला सईलाई खटाएको थियो । बर्दियाको टाइगर टप्समा बस्दा जंगल सफारीमा उनी गैंडा हेर्दै रमाएकी  समाचार छ ।

,

news and entertainment