गणतन्त्र दिवसमा राजदुतावासले वेवास्ता गरेको भन्दै इजरायलवासी नेपाली आक्रोशित
एनपि न्यूज डटनेट, १७ जेठ- गणतन्त्र दिवसको अवसरमा नेपालमा मात्र होएन संसारभर छरिएर रहेका नेपालीले भव्यताका साथ विविध कार्यक्रमहरु आयोजना गरि मनाएका छन् । नेपाली जनताको त्याग र तपस्याबाट प्राप्त गणतन्त्र अझै पनि संस्थागत नभएको र त्यहि गणतन्त्रसँगै आउनुपर्ने संविधान जारी गर्न राजनीतिक वृत्तले गरेको आलटाललाई संझिएर मुटुमाथी ढुंगा राखेरै भएपनि गणतन्त्र दिवस मनाईएको छ । यसै क्रममा इजरायलवासी नेपालीले पनि गणतन्त्र दिवसलाई माया र सद्भाव बाँड्दै नेपालमा दिगो शान्ति र सुशासनको कामना गर्दै मनाएका छन् ।
सँधै एकै ठाउँमा मनाईने यो दिवस यसपाली भने छुट्टाछुट्टै भएको छ । एकातर्फ प्रवासीले नेपालीले तेलअविवको खुल्ला पार्कमा मनाएका छन् । अर्कोतर्फ नेपाली राजदुतावासले एक होटल रिजर्व गरि सुटुक्क मनाएको आरोप लागेको छ । पार्कमा प्रायः नेपाली उपस्थित थिए । नेपालीहरुले नेपाली श्रमीकको पसिनाबाट आएको पैसाले होटलमा कार्यक्रम गर्दै नेपालीलाई नै वेवास्ता गर्दै दिवस मनाएको भन्दै आक्रोश पोखेका छन् । कार्यक्रम एनआरएन इजरायलले आयोजना गरेको थियो ।
सँधै एनआरएन सँग सहकार्य गर्दै आएको दुतावासले यसपटक भने कुनै वास्ता नगरेको बताईएको छ । अघिल्ला राजदुतहरु यो कुरामा सचेत रहेको तर वर्तमान राजदुतले भने वेवास्ता गरेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । यसअघिका अन्य प्रायः कार्यक्रममा सहकार्यता भएको तर गणतन्त्र दिवस जस्तो महत्वपूर्ण दिन तथा सबै नेपालीलाई एकै सुत्रमा बाँध्नुपर्ने दुतावासले नै वेवास्ता गरेको भन्दै खुला पार्कमा आक्रोश पोखिएको थियो । दुतावासलाई आगामी दिनमा यस्तो नगर्न सुझाव पनि दिएका थिए ।
एनआरएन इजरायलका महासचिव तिर्थ गौतमले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम विसर्जन अध्यक्ष सुवास खरेलले गराएका थिए ।