तस्बिरमा हेर्नुहोस् राजेश हमालको बिहे,,,,,,,

Rajesh Hamal
विवाह समारोहमा राजेश हमाल (दायाँ) र मधु भट्टराई (बायाँ) । आज विहान साढे ११ बजेको साइत पारेर उनीहरुको विवाह भएको हो । तस्विर : महेश प्रधान/ईकान्तिपुर
काठमाडौ, जेष्ठ १० - अन्तत राजेश हमालले विहे गरेका छन् । नेपाली चलचित्रका नायक हमालले धरान सुनसरीकी मधु भट्टराईसँग विवाह गरेका हुन् । होटल अन्नपूर्णमा साढे ११ बजेको साइत पारेर उनीहरुको विवाह भएको हो ।
भट्टराईसँगको धेरै बर्षदेखिको अफेयर आजबाट औपचारिक सम्बन्धमा परिणत भएको हो ।
बैशाख ३१ गते हमालले सञ्चारकर्मीका सामु होटल शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक गरेका थिए । हमालको विवाह स्थलमा सञ्चारकर्मीलाई छिर्न दिइएको छैन् । सीमित आफन्तहरुको सहभागीतामा विवाह भएको छ ।
व्यक्तिगत रूपमा आफू एउटाले विवाह नगर्दा केही फरक नपर्ने बताउने महानायक हमाल विवाहका बारेमा आममानिसभन्दा विपरीत धारणा राख्थे । उनी जीवनसाथीप्रति पूर्ण न्याय गर्न नसक्नेहरूको वैवाहिक जीवनका उदाहरण प्रस्तुत गर्थे । यद्यपि समय बित्दै गएपछि उनी विवाहका निम्ति आफू तयार भएको बताउन थालेका थिए ।

,

news and entertainment