स्वास्थ्य पत्रकार मिश्रलाई पुरस्कार

काठमाडौ, जेष्ठ १५ - अमेरिकाको फ्लोरीडामा रहेको ‘इन्टरनेश्नल नेप्लिज ब्लड डोनर्स’ नामक परोपकारी संस्थाले रक्तदानको महत्व र स्वास्थ्यबारे समाचार सम्प्रेशरण गरेको जनाउदै कान्तिपुर दैनिकका पत्रकार अतुल मिश्रलाई २५ हजार रुपैयाको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । Atul

संस्थाका अध्यक्ष अर्जुन प्रसाद मैनालीका अनुसार, आगामी साउनको पहिलो साता राजधानीमा आयोजना गरिने कार्यक्रममा कान्तिपुरकर्मी मिश्रलाई पुरस्कार र सम्मान प्रदान गरिनेछ । समाहरो राष्ट्रपती रामवरण यादवको प्रमुख आतिथ्यमा गर्ने तयारी आयोजकले गरेको छ । यसैबिच उक्त समाहरोमा नेपालमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने तीनवटा संस्थालाई पनि जनही २५ हजारका दरले पुरस्कृत गरीने छ । संस्थाद्धारा बुधबार कान्तिपुरलाई पठाइएको विज्ञप्तीका अनुसार, आर एच नेगेटीभ रक्त समूहका जीवन बस्नेत, युथ फर ब्लडका निरन्जन पौडेल र क्लब पच्चिसका राजन कडेललाई पनि पुरस्कृत गरीनेछ । पुरस्कार प्रदान गर्ने यो संस्था १७ वटा देशमा फैलिएका नेपाली रक्तदाताहरुको समुह हो । यस संस्थाको मुख्य उदेश्य प्रवासी नेपालीमा नियमित रक्तदान गर्न समन्वय गर्ने र नेपालमा रक्तदान बृद्धि गराउन सघाउने हो । विगत ७ वर्ष यता अमेरिकामा ५ हजार र अन्य मुलुकमा १ हजारगरी ६ हजार नेपालीहरुले जिवनकालागी संघर्ष गरीरहेका बिरामीहरुलाई रक्तदान गरी मानवीय सेवा गर्दै आएका छन् ।

रक्तदान गरी जिवनदान गरौ नारा बोकेर स्थापना भएको संस्थाका अगुवा काभ्रेको सीपाली मुल घर भई हाल न्यूवोर्कमा बसोबास गरीरहेका अर्जुन प्रसाद मैनाली हुन । ‘सेन्चुरी ब्लडडोनर’ उपनामले पनि चिनिने मैनालीले हालसम्म १ सय १५ पटक रक्तदान गरीसके । पहिलोपटक २०४४ भदौ ४ गते काठमाडौं बिशालबजारमा रक्तदान गरेका ४६ वर्षिय मैनालीले हालसम्म ५१ हजार मिलिलिटर रक्तदान गरीसकेका छन् । रक्तदान कार्यक्रमलाई उत्प्रेरणा दिइरहने मैनालीले आम्दानीको ८० प्रतिशत रकम बेसहाराहरुलाई छुट्याउदै आएका छन् ।

,

news and entertainment