प्रहरीलाई खबर गरेर आत्महत्या

काठमाडौ, वैशाख २०
कीर्तिपुरका नरेन्द्र बज्राचार्य ललितपुरको निमार्णधिन हाउजिङको तेह्रौं तलामाथिबाट हामफालेर आत्महत्या गर्नुअघि प्रहरीलाई खबर गरेका थिए।

बुधबार राती दुई बजेर १६ मिनेट जाँदा बज्राचार्यले आफनो मोबाइल ९८४१८०१५१२ बाट महानगरीय प्रहरी परिसर ललितपुरको कन्ट्रोल नम्बर १०० मा फोन गरी म मर्दै छु नख्खमा छुँ भने खबर गरेका थिए।

प्रहरीले फोन आएलगत्तै फोन गर्‍यो। फोन उठेन । केही समय त प्रहरीले ब्लफ कल कै रुपमा लियो । तर पछि आत्महत्या गर्ने व्यक्तिले आफू मर्न लागेको भन्दै खबर गरेपछि प्रहरी टोली बज्राचार्यको खोजीमा जुट्यो।

नख्खुमा डेढ घण्टा खोजी गर्दा उनी भेटिएनन् । बिहीबार बिहान ललितपुर ठाडोडुंगामा निमार्णाधिन बज्र सांग्रिला हाउजिङको भुईमा नरेन्द्रको शव फेला पर्‍यो। शव फेला परेपछि प्रहरी अचम्मित बन्यो। बज्राचार्यले साँच्चिकै आत्महत्या गर्लान भन्ने बिश्वास थिएन। 

, ,

news and entertainment