कलाकारहरुको कुरा पनि वुझिनसक्नु हुन्छ । कुनै सिनेमाको प्रचारका लागि दिनरात नभन्ने कलाकारहरु कुनै सिनेमालाई पनि मतलब नै गर्दैनन् । जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ठूलो मान्छे’ यतिबेला नायिका केकी अधिकारीले प्रचारमा साथ नदिदा ओझेलमा परेको छ ।
केकीले गतबर्ष प्रदर्शनमा आएका ‘वितेका पल’, ‘महशुश’लाई खुलेरै समय दिएकी थिइन् भने ‘मुटु’लाई मत्तलब गरेकी थिइन । यतिबेला ‘ठूलो मान्छे’प्रति पनि केकीको आखा लागेको छैन । निर्माणपक्ष पनि केकीले समय नदिदा तनावमा परेको देखिन्छ ।
चलचित्रमा दर्शकले चिन्ने एक मात्र पात्र केकी हुन् । यसैले पनि केकी सिनेमाको प्रमोशनका लागि पुग्नु आवश्यक थियो । बाल मनोविज्ञानमा आधारित यो सिनेमालाई प्रशान्त तामाङले निर्देशन गरेका हुन् । केही दिन अघि आयोजना भएको पत्रकार सम्मेलनमा पनि केकी बिरामी भएको भन्दै अनुपस्थित भएकी थिइन् । प्रदिप मिडिया प्रालीको ब्यानरमा तयार भएको यो चलचित्रमा केकीका अलवा कुशल रोमन, उज्ज्वल, आशिस, विवेक, अविरल, प्रेम, शुष्मा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई प्रदिप खड्का र प्रमोद सुब्बाले मिलेर बनाएका हुन् ।
केकी विनाको ‘ठूलो मान्छे’
news and entertainment
