एसएलसी सुन्दरीहरु बागमतीमा

सिजन मिडिया’ले राजधानीमा आयोजना गर्न लागेको चौथो संस्करणको ‘एसएलसी पि्रन्सेस २०१४’का ५२ प्रतिस्पर्धी सुन्दरीले राजधानीको सिनामंगलस्थित भत्केको पुल मुनिको बाग्मती नदी सफाई गरेका छन् । बाग्मती सफाई अभियानको ५२ औं हप्ता पुगेको अवसरमा उनीहरुले बिहान सात बजेदेखि १० बजेसम्म नदी सफाई अभियानमा सहभागिता जनाएका हुन् ।bagmati-safai-ma-slc
मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तका अनुसार उक्त सफाई अभियानमा सहभागी सुन्दरीले १० हजार मूल्य बराबरको ४० वटा थुन्से डोको सरसफाई कार्यका लागि हस्तान्तरण गरेका थिए । ‘उनीहरुले चााडै नै अन्य विभिन्न सामाजिक काममा पनि आफुलाई अग्रसर गराउादैछन्,’वन्तले भने,’केही समयपछि राजधानीको भृकुटीमण्डपमा आयोजना गरिने रक्तदान कार्यक्रममा प्रतियोगीहरुले आफन्तलाई ल्याएर रक्तदान गराउनेछन् ।
असारको पहिलेा हप्ता राजधानीमा हुने निर्णायक प्रतियोगिताका लागि केही समयपछि नै व्यक्तित्व विकासदेखि अन्य विभिन्न किसिमका क्षमता विकासका प्रशिक्षण पनि उनीहरुले पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको शीर्ष उपाधि विजेताले ताजसागै चार लाख बराबरको प्लस टुको शैक्षिक छात्रवृत्ति, टीभीएस स्कुटर, ल्यापटप र मोबाइल पुरस्कार प्राप्त गर्नेछिन् ।

bagmati-safai

,

news and entertainment