बढी अश्लिल पोज भएको भन्दै सेन्सर बोर्डको आपत्ति

काठमाण्डौ, २८ वैशाख । रिलिजको संधारमा रहेको हिन्दी फिल्म ‘द एक्सपोज’ लाई एकपटक फेरी सेन्सरवोर्डले सेन्सर गर्ने भएको छ । भारतीय सेन्सर वोर्डले जोया अफरोजको सिन माथि आपत्ति जनाउँदै सेन्सर गर्ने निर्णय गरेको थियो ।


तर अब फिल्मको सुरुमा रहेको सोनालीको सिनलाई लिएर विवाद भएको छ । सोनालीले मन्दिरमा भगवान् शिवलाई पुजा गरेको सिन रहेको छ तर त्यो भन्दा पनि उनको लुक निकै बोल्ड र सेक्सी रहेको छ ।

उनले लगाएको सारीमा बक्षस्थल देखिएपछि सेन्सर बोर्डले आपत्ति दर्शाएको छ । यो सिनलार्य धमिलो गर्न सेन्सर बोर्डले भनेको छ ।

पुरानो फिल्म ‘सत्यम शिवम् सुन्दरम’ मा जिना अमानले दिएको सिन जस्तै धेरै यस फिल्ममा दिएको पोजहरु मिलेको छ । राज कपुरको फिल्ममा यस्ता बोल्डसिनहरु ज्यादा हेर्न पाइथ्यो ।

द एक्सपोजमा दिएको सिनलाई धमिलो पारेर देखाउने र फिल्ममा देखाइएको रक्सीको बोतलमा पनि सेन्सर लागेको छ । उक्त बोतल पनि धमिलो देखाउन सेन्सर बोर्डले कडा निर्देशन जारी गरेको छ ।

,

news and entertainment