गत मे १४ मा जेरुसलेम इजरायलमा निजी कारको ठक्करबाट सख्त घाइते भएको बिष्णु माया आचार्यको स्वास्थ्यमा क्रमिक सुधार....
एनआइ न्यूज इजरायल गत १४ मई वुधवार जेरुशलेमको रमतस्कोल स्ट्रिटमा निजी कारको ठक्करवाट सख्त घाईते भई जेरुशलेमको हदासा एन्केरन अस्पत्तालमा उपचार भइरहेकी विष्णुमाया आचार्यको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।
यद्यपी उनको टाउकोमा चोट लागेका कारण होसमा आइसकेपछी पनि अर्धचेत अवस्थामा बोल्ने गरेको उनको हेरचाहमा खटिइरहेकी समाजसेवी अम्विका क्षेत्रीले हामीलाई जानकारी दिनुभयो ।
समाजसेवी क्षेत्रीका अनुसार अहिले उनलाई हादासा एन्केरेनको न्यु विल्डिङ नवौं तल्ला न्यूरोलोजी कार्डियोथेरापी सर्जरी वार्डको ११ नम्वरको कोठामा स्थान्तरण गरिएको छ ।
अर्धचेत अवस्थामा रहेकी आचार्यलाई बोलाउदा जवाफ फर्काउने गरेकी छिन भने उनी दुखाईको पीडामा छट्पटाइरहेको देख्न सकिन्थ्यो ।
उनलाई भेट्न चाहाने जो कसैले समय मिलाएर भेट्न सक्ने बताउदै क्षेत्रीले उनलाई सहानाभुती र सहयोगको जरुरत भएकोले समय मिलाउन सक्ने नेपाली दाजुभाई तथा दिदीवहिनीलाई अस्पतालको उनलाई राखिएको वार्डमा आएर भेट्न अनुरोध गर्नुभएको छ ।
सधै जस्तो काममा जाने क्रममा सडक पेटीमा हिड्दै गर्दा उनलाई निजी कारले ठक्कर दिदा उनको टाउकोमा गम्भिर चोट लागेको थियो भने ढाडको हड्डी भाँचिएको छ । उनलाई ठक्कर दिने गाडी चालक र कानूनी कारवाहीको विषयमा हालसम्म प्रहरीले कुनै जानकारी नगराएको समाजसेवी क्षेत्रीले बताइन । उनको पछिल्लो अवस्थाको भिडियो : - 
