मिनिबस भित्रै बलत्कार गर्न खोज्ने युबक पक्राउ

२३ बैशाख, काठमाडौ ।
जवरजस्ती अनुचित कार्य गर्न खोज्ने बा.२ ख ९०६१ नम्वरको मिनिवसका चालक दोलखा जिल्ला भेदपुर–६ घर भएका २६ बर्षीय नविन थापा र सह–चालक नुवाकोट जिल्ला मदनपुर–३ घर भएका २८ बर्षीय सुमन लामालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित मकालु पेट्रोल पम्म अगाडिबाट गएराति उनीहरुले चितवन जिल्ला सन्धी–८ घर भएकी १६ बर्षीया महिलालाई जवरजस्ती उक्त मिनिबसमा राखी कलंकीस्थित सत्यसाई पेट्रोल पम्म नजिक लगेर जवरजस्ती अनुचित कार्य गर्न खोजेको अवस्थामा स्थानीय बासिन्दाहरुले फेला पारी उक्त गाडीको ढोकाको सिसा तोडफोड गरी उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

,

news and entertainment