punte-pared-fist-look
चलचित्र ‘पुन्टे परेड’को फष्टलुक सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा सिनेमाको फष्टलुक सार्वजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति पनि घोषणा गरेको हो । साउन २ गतेबाट यो सिनेमा दर्शना आर्टसको वितरणमा देशभर लाग्नेछ ।
‘आवरण’ निर्देशक सुवास कोइराला यसका क्याप्टेन हुन् । हरी महत्तको निर्माणमा तयार भएको यो सिनेमाले प्लस २ पढ्ने विद्यार्थीहरुको मनोविज्ञानलाई बोलेको छ । कमेडी तबरले सिनेेमालाई प्रस्तुत गरेको निर्देशक सुवास कोइरालाले बताए । चलचित्रमा संयम पुरी र एन्जिला दाहाल मुख्य भूमिकामा छन् ।punte-pared-teamयी २ कलाकारका साथमा चलचित्रमा निलु डोल्मा शेर्पा, गीता अधिकारी, श्वेता थापा, रविन्द्र खड्काको पनि अभिनय छ । नायिका प्रियंका कार्कीले सानो भूमिकामा चलचित्र मार्फत दर्शकलाई भेट्नेछिन् ।
कस्तो होला परेड खेल्ने पुन्टे ?
news and entertainment
