हिसिलाले यसो भन्दै माइक हुत्याइन्
२४ बैशाख, काठमाडौ । पार्टीलाई नयाँ बनाउने भनेर विराटनगर पुगेको एमाओवादीले नयाँ स्वरुप त ग्रहण गर्न सकेन नै पुरानो अबस्थावाट पनि ओह्रालो लागेको छ ।
लामो समय देखि मनोनित प्रक्रिर्यावाट चयन हुने गरेको कार्यकर्तावाट निर्वाचित भएर आउने बिधि मार्फत नेतृत्व छान्नु पर्ने भन्दै राष्टिय सम्मेलनको माग गरेका बावुराम भट्टराइले नै निर्वाचन बहिस्कार गर्ने अबस्था आयो । निर्वाचन बहिस्कार र गुटगत लफडाले अन्नत उनी केन्द्रीय समिति वाटै बाहिरिए ।
राजनीतिक विश्लेषकहरुले भट्टराइले विराटनगरमा पुगेर औपचारिक रुपमै नयाँ पार्टी निर्माणको बाटो खोलेको र प्रचण्डले उनको रणनीतिलाइ स्वीकारेर बैद्य माओवादीको ठूलो हिस्सालाई भित्र्याउने योजना अगाडी बढाएको टिप्पणी गरेका छन् ।
सम्मेलन स्थलमा हिसिला यमीले अनुहार मलिन बनाएर बाबुराम विचार समूहलाइ पेलेको भन्दै यसरी सधै संगै जान नसकिने बताएपछि कार्यकर्ताले छुट्टीएर गए भै गो नि भने । जवाफमा हिसिलाले कसैले बस भनेनि बसिन्न भन्दै माइक हुत्ताइन् ।
म्ंगलवारको बन्दशत्रमा १५ मिनेट बोल्दै बावुरामले प्रचण्डलाइ अध्यक्ष मानेर केन्द्रीय समितिमा नबस्ने र नोकरशाही शैलीलाइ नमान्ने बताएर हलवाट बाहिरिएपछि प्रचण्डले भने, ‘०३५ सालमा एउटै कम्युनिष्ट पार्टी हुदा मोहनबिक्रमले मलाइ बाबुरामलाइ जिल्ला कमिटि भन्दा माथी लान हुन्न, यो मान्छे अबसरवादी छ भनेका थिए, पार्टीमा बुद्धिजीवी पनि चाहिन्छ भनेर केन्द्रीय सदस्य बनाए ।
०६१ सालमा लावाङ्ग बैठकले कार्वाही गर्दापनि हामी संगै खान्थ्र्यौ, बस्थ्र्यौ । स्टालिनको पालामा भिन्न मत राख्नेलाइ सिद्धाइन्थ्र्यो । मैले त्यस्तो के गरेर र अहिले एकमाना बादको कुरा गरिएको ? सधै निहु मात्रै खोजेर बस्ने ? अब हुदैन । नयाँ तरिकाले जान पर्छ अनि मात्रै नयाँ पार्टी बन्छ । जनआस्था साप्ताहिक

