झलनाथ र बाबुरामको चीन भ्रमणप्रति गगन थापाको आपत्ति
२४ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र एमाओवादी नेता डा. बाबुराम भट्टराईको चीन भ्रमणप्रति कांग्रेस सभासद गगन थापाले आपत्ति जनाएका छन् । संविधान निर्माण प्रक्रियामा सक्रिय हुनुपर्ने बेलामा विदेश घुम्न हिँडेको भन्दै थापाले आपत्ति जनाएका हुन् ।

सभामुखले विदेश नजाऊ भन्दाभन्दै विदेश जाने ? समितिमा पनि उहाँहरु आफैं बस्नुहुन्छ, तालाचाबी पनि आफैं लिनुहुन्छ,’ थापाले अनलाइनखबरसँग भने,’विगतमा हामी सहन्थ्यौं, गुनासो गथ्र्यौं, तर अब यस्तै भइरह्यो भने संविधानसभामा हस्तक्षेप गर्छौं ।
संविधानसभामा विभिन्न समितिहरु बनेपछि प्राविधिक कामहरु भइरहे पनि राजनीतिक काम हुन नसकेको सभासद थापाले बताए । दलका शीर्ष नेता सुशील कोइराला, झलनाथ खनाल, माधव नेपाल, प्रचण्ड, डा बाबुराम भट्टराई र शेरबहादुर देउवाहरु नै सदस्य रहेको राजनीतिक सम्वाद तथा सहमति समितिले राजनीतिक काम गर्नुपर्नेमा नेताहरुले ध्यान नदिएको थापाको गुनासो छ ।
‘त्यो समितिलाई धेरै अधिकार दिइएको छ, नमिलेका विषयमा सहमति गर्नेदेखि वैद्य माओवादीलाई समेत समेट्ने अधिकार त्यो समितिलाई छ, थापाले भने- ‘तर कुनै काम नगरी नेताहरु कोही विदेश घुमिरहनुभएको छ, कोही पार्टीको सम्मेलनतिर अल्मलिनुभएको छ । माघमा संविधान बनाउने भनेको, माघ त आउनै लागिसक्यो ।’
संविधानसभामा सभामुखले सक्रिय भूमिका खेलेको भन्दै थापाले सभामुख सुवासचन्द्र नेम्वाङको प्रशंसा गरे । आफू र एमालेका सभासद रवीन्द्र अधिकारीले सभामुखलाई च्याम्बरमै भेटेर आफूहरु दिनको १८ घण्टा काम गर्न तयार रहेको तर, काम दिनुपर्ने बताएको उनले स्मरण गरे ।
‘सभासमुखले सक्रिय भूमिका खेलेका कारण प्राविधिक कामहरु भइरहेका छन्, तर राजनीतिक काम अघि बढ्न सकेन’, थापाले भने ‘माघमा संविधान बनाउने हो भने दिनमा १८ घण्टा काम गर्नुपर्ने स्थिति छ । सत्यनिरुपण विधेयक पारित गर्दा रातभरि नसुती काम गरेजस्तै काम गर्न जरुरी छ ।
’आफ्नै पार्टी उस्तो , अरुलाई के भन्नु ?आफ्नै पार्टी उस्तो छ, अरुलाई के भन्नु ?
संविधान निर्माणका कामले गति लिन नसक्नुमा सबैभन्दै ठूलो कमजोरी आफ्नै पार्टीले गरिरहेको थापाले बताए । उनले भने- ‘नेपाली कांग्रेस ठूलो पार्टी हो, अन्य दललाई संविधान निर्माणमा कसरी व्यस्त राख्ने र आफूले कुन कुन विषयमा सहमति गर्ने, केमा अडान लिने भन्नेबारे पार्टीमा अहिलेसम्म छलफल हुन सकेको छैन ।’
सभामुखले विदेश नजाऊ भन्दाभन्दै विदेश जाने ? समितिमा पनि उहाँहरु आफैं बस्नुहुन्छ, तालाचाबी पनि आफैं लिनुहुन्छ,’ थापाले अनलाइनखबरसँग भने,’विगतमा हामी सहन्थ्यौं, गुनासो गथ्र्यौं, तर अब यस्तै भइरह्यो भने संविधानसभामा हस्तक्षेप गर्छौं ।
संविधानसभामा विभिन्न समितिहरु बनेपछि प्राविधिक कामहरु भइरहे पनि राजनीतिक काम हुन नसकेको सभासद थापाले बताए । दलका शीर्ष नेता सुशील कोइराला, झलनाथ खनाल, माधव नेपाल, प्रचण्ड, डा बाबुराम भट्टराई र शेरबहादुर देउवाहरु नै सदस्य रहेको राजनीतिक सम्वाद तथा सहमति समितिले राजनीतिक काम गर्नुपर्नेमा नेताहरुले ध्यान नदिएको थापाको गुनासो छ ।
‘त्यो समितिलाई धेरै अधिकार दिइएको छ, नमिलेका विषयमा सहमति गर्नेदेखि वैद्य माओवादीलाई समेत समेट्ने अधिकार त्यो समितिलाई छ, थापाले भने- ‘तर कुनै काम नगरी नेताहरु कोही विदेश घुमिरहनुभएको छ, कोही पार्टीको सम्मेलनतिर अल्मलिनुभएको छ । माघमा संविधान बनाउने भनेको, माघ त आउनै लागिसक्यो ।’
संविधानसभामा सभामुखले सक्रिय भूमिका खेलेको भन्दै थापाले सभामुख सुवासचन्द्र नेम्वाङको प्रशंसा गरे । आफू र एमालेका सभासद रवीन्द्र अधिकारीले सभामुखलाई च्याम्बरमै भेटेर आफूहरु दिनको १८ घण्टा काम गर्न तयार रहेको तर, काम दिनुपर्ने बताएको उनले स्मरण गरे ।
‘सभासमुखले सक्रिय भूमिका खेलेका कारण प्राविधिक कामहरु भइरहेका छन्, तर राजनीतिक काम अघि बढ्न सकेन’, थापाले भने ‘माघमा संविधान बनाउने हो भने दिनमा १८ घण्टा काम गर्नुपर्ने स्थिति छ । सत्यनिरुपण विधेयक पारित गर्दा रातभरि नसुती काम गरेजस्तै काम गर्न जरुरी छ ।
’आफ्नै पार्टी उस्तो , अरुलाई के भन्नु ?आफ्नै पार्टी उस्तो छ, अरुलाई के भन्नु ?
थापाले अनलाइनखबरसँग कुरा गर्दै भने- ‘हिजो ठूलो पार्टी भनेर हामी एमाओवादीलाई गाली गथ्र्यौं, आज नेपाली कांग्रेसले ठूलो पार्टीको नाताले जुन भूमिका खेल्नुपर्ने हो, त्यो खेल्न सकिराखेको छैन । अरु दललाई दोष दिएर के गर्नु ?’
तर, ठूला नेताहरुले यसैगरी बेवास्ता गर्दै गए भने आफूहरुले विगतमा जसरी सहेर नबस्ने र संविधानसभामा हस्तक्षेप गर्ने उनले बताए । यसमा आफूहरुले सभामुखलाई पूर्ण साथ दिने उनले बताए ।
सभामुख नेम्वाङ पनि असन्तुष्ट
नेताहरु संविधान निर्माण प्रक्रिया छाडेर विदेश घुम्न गएकोमा सभामुख सुवासचन्द्र नेम्वाङसमेत असन्तुष्ट रहेको स्रोतले बताएको छ । तर, अब नेम्वाङ नेताहरुलाई विदेशमात्रै होइन, स्वदेशमै पनि संविधानसभाको काम छाडेर डुल्न नदिने तयारी गरिरहेको बुझिएको छ ।
यसैवीच बुधबारदेखि ६ दिनका लागि राजनीतिक सम्वाद समितिका सभापति डा. बाबुुराम भट्टराई तिब्बतको कैलाश मान सरोवर जाने भएपछि २४ गते पूर्णबहादुर खड्काको उपसमितिले बुझाउने भनिएको प्रतिवेदनमाथि प्रभाव पर्ने भएको छ ।
खड्का नेतृत्वको उपसमितिले हालसम्म विभिन्न समूहसँग भएका सम्झौताहरुको अध्ययन प्रतिवेदनलाई बैशाख २४ गते अन्तिम टुंगो लगाउँदैछ । सो उपसमितिको बैठक एमाओवादी नेताहरुको उपस्थितिविनै सोमबार सिंहदरबारमा बसेको थियो