काठमाडौं, असार १३ – अजय सुमार्गीको पौने तीन अर्ब रुपैयाँ नेपाल राष्ट्र बैकले रोक्का गरिदिएको छ । राष्ट्र बैंको उच्च स्रोतका अनुसार विदेशी लगानी भन्दै सुमार्गीले भित्र्याएको सो रकम गैर कानुनी भएकाले राष्ट्र बैंकले रोक्का गरेको हो । सत्तासीन नेताहरुसँग नजिक रहेने सुमार्गीले स्वदेशको कालो धनलाई हुण्डीमार्फत विदेश पठाई त्यही रकम विदेशी लगानीका रुपमा नेपाल भित्र्याई सेतो बनाउन खोजेको देखिएपछि राष्ट्र बैंकले उक्त रकम रोक्का गर्न आदेश दिएको हो । त्यसरी कालको धनलाई सेतो बताउने उद्देश्यले विदेशी लगानी भन्दै उनले भित्रयाएको रकममध्ये नेविल बैंकमा २ अर्ब रुपैयाँ र इन्भेस्टमेन्ट बैंकमा ७० करोड रुपैयाँ जम्मा भएको थियो । नेपाल राष्ट्र बैंकले विदेशबाट नेपालमा आउने डलरको श्रोत खोज्ने गर्छं । विना प्रमाण आएको विदेशी मुद्रालाई केन्द्रीय बैंकले रोक्का गरिदिन्छ । सुमार्गीका नाममा विदेशबाट जोदा इन्भेस्टमेन्ट नामक अफसोर कम्पनीले नविल र इन्भेस्ट बैंकमार्फत सो रकम पठाएको देखिन्छ । तर विदेशी लगानी पुष्टी गर्ने प्रर्याप्त प्रमाण र डकुमेन्ट नभएपछि राष्ट्र बैंकले अनुसन्धान थाल्यो । स्रोतका अनुसार अनुसन्धानका क्रममा जोदा इन्भेस्टमेन्ट पनि सुमार्गीकै कम्पनी भएको रहष्य खुल्यो । आफ्नै कम्पनीमार्फत् आफ्नै कालो धन आफैलाई विदेशी लगानी भन्दै पठाएको खुलेपछि राष्ट्र बैंकले रकम रोक्का गरेको बैंक स्रोत बताउँछ । विदेशी लगानी भित्र्याउन सुमार्गीले उद्योग विभागबाट स्वीकृती नलीएको पनि फेला प¥यो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला गठन भएको लगानी बोर्डलाई समेत गुमराहमा पारेर विदेशी लगानीका योजना हात पार्न पनि सुमार्गीले अनेक चलखेल गरेको देखिन्छ । राष्ट्र बैंकले रकम रोक्का गरेपछि फुकुवा गराउन उनी प्रधानमन्त्री शुसील कोइरालालाई भेटन बालुवाटार धाउन थालेका थिए । तर, प्रधानमन्त्रीबाट चित्तबुझ्दो जवाफ नपाएपछि उनी निराश बन्नुपरेको थियो ।
सुमार्गीको ‘कालो धन’ राष्ट्र बैंकद्वारा यसरि रोक्का गरेपछि तहल्का !!
news and entertainment
