चिलीसँग भिड्न ब्राजिलका खेलाडी डराए
विश्वकप फुटबलको अन्तिम १६ मा चिलीसँग भिड्न ब्राजिलका खेलाडी डराएका छन् ।
यस कुराको पुष्टि ब्राजिलका प्रशिक्षक लुईस फिलिप स्कोलारीले गरेका छन् । विश्वकपको प्रिक्वाटर फाइनलमा चिलीसँगको खेल्नका लागि खेलाडीहरु डराएका छन् उनले भने ।
अन्तिम १६ मा पराजय ब्यहोरे खेलबाटै बाहिरिनुपर्ने भएकाले खेलाडीहरु नर्भस भएका हुन् यो सामान्य प्रक्रिया हो उनले थपे ।
उनले अन्तिम १६ मा चिलीसँग भेट नहोस भनेर नै कामना गरेको बिबिसीले जनाएको छ ।
अन्तिम १६ मा पर्नका लागि ब्राजिलका नेयमारले ३ खेलमा ४ गोल गरेका थिए । चिलीले पनि अष्ट्रेलिया र स्पेनलाई हराउँदै सर्घषका साथ अन्तिम स्थान ओगटेको हो ।
यी दुइ टाेलीबीचकाे खेल अाजराती पाैने १० बजे हुँदैछ ।
