विश्वकपमा खेल हारेपछि जापानीले समर्थकले रंगशाला सफा गरे (फोटो फिचर)

२ असार, साओपावलो ।
विश्वकप फुटबल अन्र्तगत आइतबार बिहान भएको जापान र आइभेरी कोस्टबीचको खेल पछि समूहचरणको आफ्नो खेल खेलेका जापानी फुटबल टोलीको भन्दा दर्शकको चर्चा चल्यो ।

खेलमा आइभेरीकोस्टसँग २–१ को हार व्यहोर्न बाध्य भएको एसियाली फुटबल टिम जापान निरास देखिन्थ्यो तर दर्शकहरु आफ्नो टिमले खेल हार्दैमा निरास भएर फर्केनन् । बरु उनीहरुले विश्वकपमा नयाँ काम गरेर उदाहरणीय बने ।
Japan supporter 2
जापानको खेल हेर्न ब्राजिलको रंगशालामा पुगेका जापानी दर्शक तथा समर्थकले सबैलाई चकित पार्दै आफ्नो सभ्यता विश्वका दर्शकमाझ पस्किए । उनीहरुको काम देखेर दुनियाँ दंग परे, रंगशालामा उनीहरुले प्रस्तुत गरेको सभ्यताबाट आयोजक ब्राजिल र फिफाका प्रतिनीधि निकै खुसी भए ।
Japan supporter 1
खेलसमिने बित्तिकै जापान दर्शकहरु अरु दर्शकजस्तै भटाभट आफ्नो गन्तव्यमा लागेनन् । उनीहरु त रंगशालाको पब्लिक सिटमा जम्मा भएको फोहोरका टुक्राटाक्रि बटुल्न थाले त्यो देखेर धेरै दर्शकहरु अलमलमा परे भने फोहोर गर्नेहरु लाजले भुतुक्कै भए ।
Japan supporter 3
सुरुमा उनीहरुको गतिविधी देखेर शंका मान्दै रंगशालामा रहेका सुरक्षाकर्मीहरुले चाँसो व्यक्त गरेपनि उनीहरुले रंगशाला सफा गर्नलागेको बुझेपछि उनीहरुले पनि सहयोग गरेका थिए । उनीहरुले आफ्नो समर्थनमा रहेको टिमले हार्दापनि आफ्नो सभ्यतापूर्ण संस्कृति दर्शाउँदै रंगशाला सफा गरेर फोहोरको गर्दा आफ्नो टिमको राम्रो परिणाम नआउँदा बिरोध र उश्रृखल गतिविधी गर्ने दर्शकहरुलाई गतिलो झापाड पुगेको छ ।

प्रायः कुनैपनि रंगशालामा खेल सकिएपछि दर्शकहरुले रंगशाला सफा गरेको देख्न पाइदैन बरु खेल हेर्ने क्रममा आफूले खाएका खानेकुराहरुको खोल निलज्र्ज सिटमुनी फाल्ने गर्दछन् । ब्राजिलको रंगशालामा जापानीहरुले देखाएको आफ्नो सभ्यता प्रति खुसीहुँदै आयोजक र फिफाका प्रतिनीधिहरुले उनीहरुलाई धन्यवाद दिएका थिए ।
एजेन्सीको सहयोगमा

, , ,

news and entertainment