फेरि बिपाशाको चुम्बन तहल्का

मुम्बई । हलिउड फिल्म ‘द लभर्स’मा मराठी राजकुमारीको भुमिकामा देखिएकी विपाशा बसुले उक्त फिल्ममा हलिउड अभिनेता जोश हर्टनेटसंग चुम्बनको दृष्य दिएकी छिन् ।फिल्म निर्माणमा बलिउड निकै अगाडी भएपनि आम बलिउड कलाकारका लागि हलिउड फिल्म महत्वकांक्षी हुने धारणा राख्ने विपाशाले चुम्बनका प्रसंग सामान्य भएको बताएकी छिन् । ‘कुन हिरोईनले फिल्ममा चुम्बन गरेको छैन र मलाई चुम्बन किन गरेको भनेर प्रश्न गर्ने ?’ उनले उल्टै प्रश्न गरिन मिडियाकर्मीलाई । त्यसो त प्रेमकथामा आधारित चलचित्रमा चुम्बन सामान्य रहेको धारणा राख्छिन् उनि ।

यस फिल्ममा मराठी राजकुमारीको भुमिका देखिएकी विपाशाले बेलायती सैनिकसंग प्रेम गरेकी छिन् । १८ औ शताब्दीको प्रसंगलाई फिल्ममा प्रस्तुत गरिएको छ । जतिवेला भारतमा बेलायती उपनिवेश थियो ।अजनबी, अपहरण, कर्पोरेड, रेश लगायत दर्जनौ फिल्ममा काम गरेकि विपाशा पछिल्लो समय फिल्ममा निस्कृय छिन् । द लभर्सको रिलिज पछि फेरी सक्रिय हुने उनको योजना छ ।

, , ,

news and entertainment