मानव तस्करीमा कर्मचारीको मिलेमतो




युवाहरुलाई अमेरिका र अस्ट्रेलिया पठाइदिने भन्दै करोडौं ठगी गर्ने नुवाकोटका श्यामराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उपल्लो तहका कर्मचारीले सरकारी कागजपत्र बनाइदिएर उनलाई सघाउने गरेको अनुसन्धानबाट खुलेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले पाण्डेलाई गत साता पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सरकारी अधिकारीहरुले नै पाण्डेले खोजेको युवाहरुको भिसा नोट दिएर सहयोग गरेको अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ।
पाण्डेले सहरी फोहोर प्राविधिक व्यवस्थापन सेवा र समीक्षा टी एन्ड कफी नामक संस्था स्थापना गरी तिनकै नामबाट मन्त्री, सभासद् र उच्च तहका कर्मचारीलाई विदेश पठाउने गरेका थिए ।
ratopati.com

news and entertainment