मोदीले फेरी आफ्नै बोली कुल्चेर यस्तो झुट बोले ,”बुद्ध भारतमा जन्मेका हुन्”





केहि समय अगाडी नेपाल आएर आफ्नो मिठो भाषणमार्फत करोडौ नेपालीको मन जितेका मोदीले फेरी जापानमा आफ्नो भाषणबाट तिनै नेपालीको गाली खाने बाटो निम्ताएका छन् | भारतीय पक्षबाट सधैजसो हुने यस्ता क्रियाकलाप आजको दिन देखि हुन्दैन भनेर नेपाली संषद भवनमा वाचा गरेका मोदीले आज आफैले नै उक्त वाचालाई तोडेका छन् |


भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको सत्यतालाई आफैले स्वीकारेका मोदीले जापानमा एक विधार्थीले सोधेको प्रश्नमा गौतम बुद्ध भारतको रहेको भन्दै आफ्नो बोलीको नै आफैले गलत अर्थ लगाएका छन् | उनले जापान पुगेर यस सत्यतालाई लुकाउदै महिना दिन अघिमात्र नेपाल आउँदा बोलेको आफ्नै बोली कुल्चेर यस्तो झुट बोले ।



यस कुरालाई भारतीय संचार मध्यमहरुले खुला रुपमा सार्वजनिक गरेको पाइएको छ | त्यस्तै, यस कुरालाई आजको indiatimes.com ले समेत छापेको छ | नक्कली लुम्बिनी बनाइरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी केहि समय अगाडी नेपाल आउदा आफैले बोलेको कुरालाई आफैले मोडी पुन: वर्षौ देखि कायम रहेको नेपालप्रतिको भारतीय हेपाहा प्रवृतिलाई फेरी एक पटक प्रस्तुत गरेका छन् |

, , , , ,

news and entertainment