सदाबहार बोल्ड नेहा


 नेहा धुपिया अभिनीत पहिलो चलचित्र जुली दमदार थिएन, तर उक्त चलचित्रमा नेहाको प्रस्तुति यति बोल्ड थियो कि जसका कारण नेहा र चलचित्र दुवै चर्चामा आए। वर्ष २००४ को उक्त चलचित्रबाट नेहा रातारात स्टार बनिन्। नेहाको बोल्डनेस सबैलाई अचम्ममा पार्ने किसिमको थियो। त्यतिबेलासम्म बलिउडका सी ग्रेडका चलचित्रमा मात्र यस प्रकारको अंगप्रदर्शन हुन्थ्यो, तर नेहाको बोल्डनेसलाई मूलधारका व्यावसायिक चलचित्रले पनि अंगीकार गर्न थाले। हालै मात्र ३४ वर्ष पुगेकी नेहाले त्यति धेरै चलचित्रमा अभिनय गरेकी छैनन्। ठूला ब्यानरका चलचित्रका साना भूमिका पनि अभिनय गर्न तयार हुने नेहा फेसन इन्ड्रस्टिजमा भने पहिलो प्राथमिकताकी मोडल हुन्। बोल्ड फोटोसुटका लागि चर्चा कमाएकी नेहाले फेसन म्यागजिन एफएचएमका लागि गरेको फोटोसुटबाट अत्यधिक चर्चा पाएकी थिइन्।

, ,

news and entertainment