उज्वेकिस्तानसँग खेल्न नपाउने भए विमलले





नियमित कप्तान विमल घर्तिमगरले आफु पुर्ण फिट नभएको बताएका छन् । शनिबार सामान्य अभ्यास गरेका विमलले भने,‘म पुर्ण फिट छैन । कुवेतविरुद्ध खेल्न सक्छु कि । हाम्रो लक्ष्य यु–१७ विश्वकप खेल्ने हो । त्यसका लागि सबैले मिहिनेत गरेका छन् । मैले पनि सक्दो प्रयास गर्नेछु ।’
उज्वेकिस्तानविरुद्ध आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने उनको विश्वास छ । उनले भने,‘पहिलो खेलमा म नभएपनि मेरो टोलीले जित पाउनेछ । टिमवर्कले गर्दा नै हामी च्याम्पियनसिपको फाइनल चरणसम्म आइपुगेका हौं ।हामीले विगतभन्दा अझै राम्रो खेल्न सक्नुपर्छ ।’
काठमाडौंमा सम्पन्न एएफसी यु–१६ च्याम्पियनसिप अन्तर्गत विमलले बहराइन र तुर्केमेनिस्तानसँगको खेलमा पहेँलो कार्ड पाएका थिए । उनी थाइल्इान्डसँगको मैत्रीपुर्ण खेलमा घाइते हुन पुगेका हुन् । सुरुवातमै अग्रता लिएको अवस्थामा विमलले १० औं मिनेटमा बराबरी गोल फर्काएपछि घाइते भए । गोल गर्ने क्रममा विमलको बायाँ खुट्टामा थाइ रक्षकले फउल हानेका थिए । खुट्टामा चोट लागेपछि विमल एक सातादेखि प्रशिक्षणमा छैनन्,आजको नागरिक दैनिकमा खबर छ ।

,

news and entertainment