आफन्तबाट बडादसैंको टिका र आर्शिवाद थापे रेखा र सुदर्शनले



बडादसैंको दिन रेखा थापा र सुदर्शन थापाले दिदी भिनाजुबाट बडादसैंको टिका लगाएका छन् ।

केही समयअगाडीदेखि रेखा थापा र सुदर्शनको प्रेम सम्वन्धले धेरै नै चर्चा पाएको थियो । त्यही अवसरमा दुवैजनाले रेखाको दिदि भिनाजुबाट बडादसैंको टिका ग्रहण गर्दै आर्शिवाद लिएका छन् ।

फिल्मी बजारमा रेखा र सुदर्शनको बिवाहको हल्ला चलिरहेको बेला सुदर्शनले पहिलेकी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नाले पनि विवाहको खबरमा घिऊ थप्ने काम गरेको छ ।

र यो पनि : दुवै हात नभएका सुदर्शनसँग जाने हिम्मत गर्लिन् त रेखा ?

आफ्नो फेसबुकमा तस्विर अपलोड गर्दा रेखाले लेखेकी छिन् । 'विथ माई डियरेस्ट दिदी भिनाजु', यसबाट पनि रेखा र सुदर्शन निकै नजिकिएको फिल्मी क्षेत्रका पण्डितहरुको बुझाई छ ।

,

news and entertainment