अस्पतालको शौचालयमा एम्बुलेन्स चालकको शव
शुक्रबार गोरखा अस्पतालको शौचालयमा गुरुङको शव भेटिएको हो । गोरखाको ताप्ले–८ घर भएका ६१ वर्षीय गुरुङ गत फूलपातीको दिनदेखि परिवारको सम्पर्कमा नभएको परिवारले जनाएको छ ।
गोरखा अस्पताल नजिकै रहेको सैलुनका एक व्यक्ति पानी लिन शौचालयको बाटो हुँदै जाँदा शौचालयभित्रबाट गन्ध आएपछि प्रहरीलाई खबर गरिएको थियो ।
गोरखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश थापाका अनुसार अस्पतालको शौचालय फुटाएर हेर्दा शव फेला परेको हो ।
शौचालयको प्यानमा दुवै घुँडा टेकेको र प्यानभित्र घोप्टो परेको अवस्थामा गुरुङको शव भेटिएको प्रनाउ थापाले बताए । शवलाई गोरखा जिल्ला अस्पतालमा परीक्षणका लागि राखिएको छ ।
nepaliheadlines.com
