सांग्रिला र याक एण्ड यतीको क्यासिनो सञ्चालन हुने
सरकारले एक वर्षअगाडि ल्याएको क्यासिनो नियमावली पालना गरेर क्यासिनो सञ्चालन हुने भएका छन्। सरकारले आर्थिक वर्ष २०७०/७१ बाट लागू हुनेगरि ल्याएको क्यासिनो नियमावली २०७० अनुसार सञ्चालन हुन दुई क्यासिनो तयार भएको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयअन्तर्गत पर्यटन विभागले जानकारी दिएको छ।
राजधानीको दुईवटा पाँचतारे होटल सांग्रिला र याक एण्ड यतीमा क्यासिनो सञ्चालन गर्न कम्पनीले आवेदन दिइसकेको विभागका अधिकृत ऋषिराम दवाडीले बताएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

