‘सेल्फी’ लिनुहुन्छ ? होस गर्नुहोस, ज्यान जाला



एजेन्सी । ‘सेल्फी’ ( आफ्नो फोटो आफै खिच्नु)को क्रेज युवा युवतिहरुमा यति धेरै छाएको छ कि उनिहरुलाई आफ्नो ज्यान सम्मको चिन्ता गर्दैन्न । युवा युवतिहरु अग्ला-अग्ला भवनहरुको माथि वसेर ‘सेल्फी’ लिने गर्दछन् । यि मध्ये धेरै युवा युवतिहरु भाग्यमानि हुन्छन् भने केहि युवा युवतिहरुको ज्यान पनि गुमाउने गर्दछन् । बेलायतमा भएको  एक अध्ययनका अनुसार दैनिक सेल्फी लिने मानिसहरुको मानसिक स्थिति समान्य नहुने देखाएको छ । साथै उनिहरुमा आत्मा विश्वासको समेत कमि रहने गरेको पाइएको छ ।  यहाँ हामिले केहि यस्ता ‘सेल्फी’ हरु समावेश गरिएको छौ जुन लिइसकेको केहि समय पश्चात ति मानिसहरुले अन्य कुनै कारणले ज्यान गुमाएका छन् ।
यसमध्ये एक युवती रूसकी जेनिया इग्नाटेया हुन् । १७ बर्षकि जेनिया आफ्नो प्रेमिलाई इम्प्रेस गर्न ‘सेल्फी’ लिन २८  फीट अग्लो पुलको लठ्ठामा चढिन् । जेनियाले अफनो ‘सेल्फी’ त लिइन तर उनि उत्रने क्रममा शरीरको व्यालेन्स बिग्रिएर तल झरिन् जसको कारण उनको मृत्यु भयो ।
यो ‘सेल्फी’ डिसेम्बर २०१२ मा मेकसियन पप स्टार जेनी रिवेरा  द्वारा लिइएको हो । उनि जुन विमानमा यात्रा गरिरहेका थिए त्यो विमान दुर्घटना भयो । र त्यस विमानमा भएका सम्पुर्ण मानिसहरुको मृत्यु भयो ।
प्रसिद्ध संगीतकार जेडियलले बाइकमा लिएको एक ‘सेल्फी’। सेल्फ़ी लिएको केहि समय पछि उनको बाइक एक्सिडेन्टमा मृत्यु भयो ।
यो ‘सेल्फी’ जुलाई २०१४ मा  एम्सटर्डममा मलेशियन एयरलाइन्स भित्र लिइएको हो । यस सेल्फीमा गेरी स्लोक र उनको आमा रहेकि छिन् । यो  विमानलाई यूक्रेनमा आंतककारीले खसालेका थिए ।
जब २१ बर्षिय ओस्कर ओटेरोले आफ्नो मेक्सिकन बन्दुकसँग ‘सेल्फी’ लि रहेका थिए । उनले ‘सेल्फी’ लिइसक्ने बितिकै भुलबस बन्दुकको ट्रिगर  दबियो र ओटेरोको मृत्यु भयो ।

, ,

news and entertainment