के महिला र पुरुषको दिमागको बनावट फरक–फरक हुन्छ ?

के महिला र पुरुषको दिमागको बनावट फरक–फरक हुन्छ ? अनुसन्धान कर्ताले यसको जवाफ खोजीरहेका छन् । तर केहि अनुसन्धानले  महिला र पुरुषको दिमागको बनावट फरक–फरक हुने प्रमाण देखाएका छन् । केहि अनुसन्धानले गर्भमै हुने टेस्टेस्टेरोन हर्मोनको फरक–फरक मात्रा दिमागको लैंगिक विभेदको कारण मान्छन् । अनुभूति र विश्लेषण क्षमता पनि महिला र पुरुषमा अलग–अलग हुने अनुसन्धानले देखाएको छ । दुःखको अनुभव पनि पहिला पुरुषमा अलग–अलग हुन्छ । त्यसैले केहि वैज्ञानिक लिंगअनुसार औषधि बनाउन जुटेका छन् ।

डा. माइकल मोसलीको रिर्पोट
महिला र पुरुषको शरीर जस्तै गर्भमा हार्मोनको प्रभावले दिमागले पनि आकार ग्रहण गर्छ । यसबाट थाहा हुन्छकि किन पुरुषहरु त्रिआयामी काममा राम्रो हुन्छ, जबकि महिला अनुभूतिवाला काममा राम्रो प्रदर्शन गर्छन् । तर, प्रोफेसर एलिस रोबर्टस भने दिमागको बनावटको अन्तरको यो प्रमाण नभएको मान्छन् । उनले यस्ता दाबीले महिलामा विज्ञानप्रति हतोत्साहित हुने चिन्ता व्यक्त गरेका छन् ।  उनी भन्छन्, ‘हामि यस्तो देशमा बस्छौं जहाँ भौतिक विज्ञानको ‘ए लेवल’ पढ्नेमा दशमा तिन महिला हुन्छन्, जहाँ कुल इन्जिनियरमा सात प्रतिशतमात्र महिला छन् र जहाँ महिलाले भन्दा पुरुषले २० प्रतिशत धेरै कमाउछन् ।’
दुई प्रकारको दिमाग
क्याम्ब्रिज विश्वविद्यालयका फ्रोफेसर साइमन बैरन–कोहेन भन्छन् ‘दिमाग दुई प्रकारको हुन्छ । एउटा एम्पैथाइजर हुन्छ, जसले अरुको मनोभावना सजिलै बुझ्न सक्छ र अर्को हुन्छ सिस्टेमेटाइजर, जसको विश्लेषण क्षमता राम्रो हुन्छ ।’ ‘मानिस यी दुई मध्ये एक प्रकारको हुन्छ । तर प्राय पुरुष सस्टेमेटाइजर र महिला एम्पैथाइजर हुन्छन् ।’ उनले भने ।
टेस्टेस्टेरोन

फ्रोफेसर बैरन–कोहेनका अनुसार यो अध्ययनमा गर्भको १६ हप्ता भएका महिलाको टेस्टेस्टेरोन हार्मोनको मात्रा जाँच गरिएको थियो । अनुसन्धानका अनुसार, जुन बच्चामा गर्भमा टेस्टेस्टेरोन हार्मोनको अधिक मात्रा देखिएको थियो उनीहरुको सामाजीक रुपमा सुस्त विकास देखिएको थियो । यस्ता बच्चाको शब्द–भण्डार कम देखियो र प्राइमरी स्कुल जाने उमेरमा उनीहरु कम संवेदनशील रहेको पाइएको थियो । तर ती बच्चामा विश्लेषण क्षमता भने अधिक थियो ।
प्रोसीडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित एक अनुसन्धानले दिमागमा विभिन्न भागले एकआपसमा कसरी कुरा गर्छन् भन्ने देखाएको छ । पेन्सिल्वेनिया विश्वविद्यालयका वैज्ञानीकले ८ देखि २२ वर्ष उमेर समुहका ९४९ पुरुष र महिलाको दिमागको स्क्यान गरेका थिए । प्रोफेसर रुबेन गरका अनुसार, यो अनुसन्धानमा पुरुषको दिमागको अगाडी र पछाडीको भागको गहिरो सम्बन्ध रहेको पाइयो । अर्कोतिर महिलाको दिमागको बाँया र दाँया भागको आपसी बनावटको सम्बन्ध राम्रो पाइएको थियो ।
डा. रागिनी वर्मन भन्छिन् ‘दिमागको विभिन्न भागको राम्रो आपसी संवादको मतलव एक समयमा धेरै काम गर्न सक्ने अत्याधिक दक्षता हो । तपाई भावनात्मक काममा पनि अत्याधिक दक्ष हुन सक्नुहुन्छ ।’ तापनी प्रोफेसर एलिस भन्छन् ‘ यदि दिमागको बनावट अलगअलग हुने साचो होला र पनि यसबाट प्रमाणित हुदैनकि यो जन्मजात हो ।’

,

news and entertainment