१२ सय ५० कर्मचारीका प्रमाणपत्र नक्कली; अख्तियारमा उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएका राष्ट्रसेवक कर्मचारीलाई धमाधम कारबाही गर्न थालेको छ । अख्तियारमा एक हजार दुई सय ५० भन्दा बढी उजुरी परेका छन् ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाने र बढुवा हुने कर्मचारी कारबाहीमा पर्ने बताए ।
