कसरी मनाए त कलाकारहरले दसैं ?


सबै कलाकारहरु मांसाहारी छैनन् । सबै तास पनि खेल्दैनन् । सबै मद्यपान पनि गर्दैनन् । तैपनि कलाकारहरुले दसैंको भरपूर मनोरञ्जन चाँहि उठाए । आफ्ना परिवारसँग भेटघाट गरी मिठामिठा परिकार र टिका जमरामा रमाउन उनीहरु पछि भने परेनन् ।



अभिनेता राजेश हमालले पनि पिङ खेलेका थिए । हमालको लागि बिहेपछिको यो पहिलो दसैं रहेको थियो । अर्का अभिनेता भुवन केसीले छोरा अनमोल केसीलाई टिकासहित आशिवार्द दिएका थिए । अभिनेत्री दिया मास्केका लागि भने यो दसैं विशेष रह्यो । बिहेपछिको यो पहिलो दसैं उनले मनाइन् । पति अनुप बराल र चित्रकार ससुरा दुर्गा बरालबाट उनले टिका थापिन् ।
रेखा थापा, अभिनेत्रीrekha thapa1
यो दसैं दर्शकका साथ मनाएँ । फुलपातीबाट मेरो निर्माण निर्देशनमा बनेको ‘हिम्मतवाली’ प्रर्दशनमा आएको थियो । त्यसैले मेरो दसैं दर्शकसँग अन्तरक्रिया गर्दै बित्यो । उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग फिल्म हेरेँ, कुराकानी गरेँ । केही महिनादेखि नै फिल्मको प्रमोसनमा व्यस्त भएकोले दसैंको सपिङ र अन्य योजना बनाउन भ्याइन् । आमा देशबाहिर हुनुहुन्छ । उहाँको हातको टिका मिस गरेँ । फिल्म क्षेत्रकै करिश्मा मानन्धरलगायतका केही मान्यजनबाट टिका लगाएर आशीर्वाद थाप्के काम गरेँ । पिङ पनि खेलियो ।
झरना थापा, अभिनेत्रीjharana thapaयसपाली घरमा झुठो परेकोले दसैं सामान्य रह्यो । टिका लगाइएन् । तास भने हल्का खेलियो । दसैंमा तास खेल्न मन पर्छ । तर फरास बाहेकका खेल खेलिएन । हाम्रो कम्पनीले हङकङमा नेफ्टा अवार्डको तयारी गरिरहेको छ । त्यही कारण धेरै समय यसको व्यावस्थापनमै बितिरहेको छ । दसैं लगत्तै पनि नेफ्टाको तयारीमा व्यस्त हुनुपर्नेछ । यही समयमा दुइवटा मैथिली फिल्ममा अभिनयको तयारी गरिरहेको छु
निता ढुङगाना, अभिनेत्रीnita dhungana
दसैंका लागि म सधैं हेटौंडा जान्थेँ । तर यसपाली मेरो परिवारका सबै सदस्य काठमाडौं आउनु भएकोले दसैं काठमाडौंमा नै मनाइयो । तास पनि मज्जाले खेलियो र जितियो पनि । मासु र टिका मलाई दसैंको सबैभन्दा मन पर्ने पक्ष हो । मासु धेरै खाइयो र परिवारका सबै सदस्यबाट टिका लगाइयो । हेटौंडामा हुँदा पिङखेलिन्थ्यो तर काठमाडौंमा त्यति धेरै पिङ नै हुँदोरहेनछ, त्यही कारणले गर्दा पिङ चाँहि खेल्न पाइएन् ।
शंकर बिसी, नृत्य निर्देशकshanker bc
दसैं रमाइलो नै भयो । जुठो परेकोले यसपाली टिका लगाउन पाइएन । टिका नलगाए पनि तास चाहिँ मज्जाले खेलियो र दस हजार रुपैयाँ जति जितियो पनि । मासुको कुरै नगरुँ । बाहिरबाट साथी आएको थियो । उसले विदेशी रक्सी लिएर आएको रहेछ, त्यही रक्सीको चुस्कीसँगै दसैं मनाइयो । टिका नलगाउँदा अलि खल्लोखल्लो लाग्दोरहेछ ।
पुष्कर भट्ट, अभिनेताpuskar bhatta11
पहिलाको भन्दा यो दसैं एकदम रमाइलो भयो । टिकाटाला काठमाडौंमै गरियो । व्यस्तताले गर्दा घर जान पाइएन र परिवार सबैलाई कञ्चनपुरबाट यतै बोलाइयो । मासु खासै धेरै खाइएन । मलाई अलि स्वास्थ्यको समस्या भएको हुनाले मैले खसीको मासुभन्दा पनि कुखुराको धेरै खाएँ । दक्षिणा जाने धेरै भयो । आउने अलि कम । ससुराली पनि गइएन । टाढा छ कहाँ जान सकिन्छ र ? तास पनि त्यति धेरै खेलिएन ।
दिपकराज गिरी, अभिनेताdipakraj giri
यसपालीको दसैं पहिलाको भन्दा अलि कम रमाइलो भएको महसुस गरियो । टिकाटाला भयो । शाहाकारी भोजन खाइयो र ठूलाबाट आशिर्वाद लिने काम गरियो । मासु नखानेलाई दसैं खासै लाग्दो रहेनछ । दक्षिणा हकमा चाहिँ केही ठाउँमा निधार बेचियो भने केही निधार किन्न पनि लगाइयो । ससुरालीको दक्षिणाले ससुराली जाँदा आउँदाको खर्च उठ्यो । दक्षिणाबाट खासै ठूलो उपलब्धी बटुल्न सकिएन । दसैं यस्तै त हो नि । सबै टिकाटाला गरेपछि साँझ एक पेग लगाएँ । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

,

news and entertainment