चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार ३ जनालाई

 चिकित्साशास्त्र तर्फको सन् २०१४ को नोबेल पुरस्कार ३ जनालाई संयुक्त रुपमा प्रदान गरिएको छ । हरेक वर्ष प्रदान गरिने विश्वकै सर्वाधिक ठूलो पुरस्कार 'नोबेल पुरस्कार' बाट बेलायतका चिकित्सक जोन ओ किफ र नर्वेका चिकित्सक दम्पती मे ब्रिट मोजर र एडवर्ड आई. मोजरले प्राप्त गरेका हुन् ।


उनीहरुले मानव मस्तिष्कको 'जिपीएस सिस्टम' को बारेमा नयाँ तथ्य पत्ता लगाएका थिए । मान्छे कसरी एक ठाउँबाट अर्को ठाउँमा जान्छ ? म कता गइ रहेको छु भन्ने कसरी थाहा पाउँछ? भन्ने विषयमा उनीहरुले भूगोलको जस्तै मानव मस्तिष्कको पनि गहन अध्ययन गरेका थिए । उनीहरुको अनुसन्धानबाट अल्जाइमर्स जस्ता रोगीको उपचार गर्न सहज भएको थियो ।

,

news and entertainment