ओबामाको भारत भ्रमण विथोल्न पाकिस्तानी कमाण्डो !
९ माघ, एजेन्सी ।
भारतीय सञ्चार माध्यमले अमेरकी राष्ट्रपति बराक ओबामाको भारत भ्रमणमा खलल पुर्याउन पाकिस्तानले सीमा क्षेत्रमा कमाण्डो तैनाथ गरेको आरोप लगाएका छन् ।
३ दिन पछि भारत आउन लागेका ओबामको भ्रमणको पूर्व सन्ध्यामा पाकिस्तानले लाइन अफ कण्ट्रोलमा विशेष कमाण्डो तैनाथ गरेर आतंकवादीहरुलाई सीमा क्षेत्रमा घुसपैठ गर्न सहज तुल्याएको आरोप लगाइएको छ । भारतमा आतंकवादीलाई घुसाउन पाकिस्तानले यस्तो गरिरहेको भारतको आरोप छ ।
पाकिस्तानबाट आत्मघाती आक्रमणकारी भारततर्फ छिर्ने प्रयासमा रहेको र त्यसमा पाकिस्तानले सघाइरहेको आरोप समेत भारतीय अधिकारीहरुले लगाएका छन् ।
विहीबार राति पाकिस्तानी पक्षले सीमा क्षेत्रमा गोली चलाएको भारतीय सञ्चार माध्यमको दावी छ । अमेरिकी राष्ट्रपति भारत आउँदैछन् । त्यसका लागि अमेरिकी गुप्तचर सेवाका अधिकारी १०० जना एजेन्ट बुलेटप्रुफ गाडी, हेलिकोप्टर र मोटरबोटबाट सीमा क्षेत्रको निगरानी गरिरहेका छ्न् ।
शनिबार भारतको राजधानी नयाँ दिल्लीस्थित राजपथमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा मुख्य अथितिकोरुपमा ओबामा भारत आउँदैछन् । त्यसका लागि सो क्षेत्रमा मा १२००० पुलिस र अर्ध सैनिक बल तैनाथ गरिसकिएको बताइएको छ ।
त्यसैगरी भारतले परंपरा नै तोडेर सो दिन राजपथको आकाशमा हवाइ शो रद्ध गरेको छ भने उडान निषेधित क्षेत्र घोषणा गरिएको छ ।
