अदालतमा बम पड्क्यो, ३ जनाको ज्यान गयो
९ माघ, काठमाडौं ।
भारतको विहारस्थित आरामा एक अदालत परिसरमा बम विष्फोट भएको छ । विष्फोटनमा कम्तिमा ३ जनाको ज्यान गएको बताइएको छ ।
सिभिल कोर्टमा भएको विष्फोटमा एक महिला कन्टेवल र अन्य २ जनाको ज्यान गएको भारतीय सञ्चार मध्यमले जनाएका छन् । घटनामा ६ जना घाइते भएका छन् ।
विप्फोट भए लगत्तै अदालतमा उपस्थित गराइएका २ कैदी समेत भागेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
महिला आत्मघाती आक्रमणकारीले ब्यागमा बम लिएर अदालतमा आएको समाचारमा उल्लेख छ ।
