फेसबुक बन्दैछ अब तपाईंको 'लाइफबुक'

फेसबुकबाटै सामान किनौं,फेसबुकबाटै बेचौं
एजेन्सी: विश्वकै धेरै प्रयोगकर्ता रहेको फेसबुक अब मानिसको एउटा अभिन्न अंगजस्तै भइसकेको छ।


मानिसहरु कार्यालयमा जाँदा वा घरमा बस्दा होस वा गन्तव्यतिर हुँदा फेसबुकमै ब्यस्त भइरहेका हुन्छन् ।

अबको दस वर्षपछि फेसबुक मानिसको लाइफबुक नै बन्ने सम्भावना बढेर गएको छ। यसैलाई मध्यनजर गर्दै फेसबुकका मालिक मार्क जुकर्बर्गले अबका दिनमा फेसबुक मानिसको जीवनसँग जोडिने एक महत्पूर्ण अंग हुने दाबी गरेका छन्।


उनले अब सबै काम फेसबुकमार्फत गराउन चाहेको बताएका छन्। तपाईँलाई भोक लाग्यो भने खानेकुरा पनि फेसबुककमार्फत आयो भने अनौठो नमाने  हुन्छ। उनले यो अब कुरा हाँसोको विषय नभइ ग्राउन्ड रियालिटी नै हुने बताए।

उनले यसको लागि नयाँ योजना अनुरुप फेसबुक 'च्याटबोट' मा काम गरिरहेका हुन्छन्। यसैको माध्यमबाट सबै कम्पनीका म्यासेन्जरमा यो सेवा दिनको लागि सन्देशमार्फत आग्रह गरिएको छ।

यो सेवा सुरु हुने बित्तिकै तपाई आफ्नो जरुरी काम सोझै सामान पठाउने कम्पनीसँग च्याट गर्न पाउनुहुनेछ। आफूलाई चाहिने सामान पनि तपाईंले फेसबुकमार्फत नै अर्डर गर्न सक्नुहुनेछ ।

तपाईंले मगाएको सामान सम्बन्धित कम्पनीले तपाईको घरमै पुर्याइदिनेछ। अर्थात तपाईँले सामान खरिदका लागि अरु कुनै वेबसाइट खोलिहरनु पर्दैन।

सामाजिक सञ्जाल फेसबुकका करोडौँ प्रयोगकर्ता भएका हुनाले प्रत्येक दिन हजारौँ भिडयो साइडमासेयर भइरहेको हुन्छ। त्यसैकारण अब फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि भनेर जुकर्बर्गले चाडैँ नै लाइभ भिडियो फेसबुकमा उपलब्ध गराउनेछ। उदाहरणका लागि तपाईँ कुनै फिल्ममा हुनुहुन्छ र तपाईसँग भएको फेसबुकको साथीले तत्कालै हेर्न चाहनुभयो भने अब उसले त्यति नै बेला ड्रोन क्यामेराबाट उक्त भिडियो हेर्न पाउनेछन्।

यदि तपाई कुनै समुन्द्री किनार वा हिउँको क्षेत्रमा हुनुहुन्छ र तस्बिर खिचेर  आफ्नो साथी भाइ या परिवारका आफन्तलाई तस्बिर चिनाउन खोज्दै हुनुहुन्छ भने तपाईंको अफ्ठेरो पनि फेसबुकले फुकाइदिनेछ । तपाईंले नचिनेको ठाउँलाई पनि अब फेसबुकले नै चिनाइदिनेछ ।

तपाईँले फोटो खिच्ने बेलामा रातो रंगको भेस्ट र सेतो रंगको जिन्स वा सारी लगाउनु भएको छ भने यो कुरा फेसबुकले पहिचान गरिदिनेछ। यति मात्रै नभएर तपाईँ वरिपरिको परिवेशलाई समेत फेसबुकले चिन्नेछ । तपाई पानीमा हुनुहुनछ की हिउँमा हुनुहुन्छ त्यो सबै फेसबुकले गरिदिनेछ ।


यसका साथै फेसबुकले भीरआर (VR Service) अर्थात भर्चुअल रियालीटीको सेवा पनि सुरुवात गरिसकेको बताएको छ। उसले भर्खरै विश्व बजारमा दुईवटा हेडसेट सार्वजनिक गरेको छ। एउटा ओकुलस रिफ्ट र अर्को  गियर भीआर । यिनको प्रयोगले फेसबुक चलाउने मानिसले धर्तीमा रहेर पनि अन्तरिक्षको अनुभव गर्न सक्नेछन्।

यसको विकास भएर विस्तारित स्वरुप विश्वबजारमा चाँडै आउनेछ। अहिले उसले गेम र फिल्मको अनुभव देखाइरहेको छ। तर निकट भविष्यमै फेसबुकले तपाईंसँग इन्टरनेटमा कुरा गर्ने मानिस नै नजिक आएजस्तो अनुभूत हुनेछ।

यसका साथै फेसबुकले एउटा इस्तो चश्मा सार्वजनिक गर्दैछ जसको माध्यमबाट तपाईँ आफ्नो घर वा टाढा-टाढा मानिसहरुसँग समेत कुराकानी गर्न सक्नुहुन्छ।

यस्तै उसले संसारभरका मानिसलाई एकै ठाउँमा ल्याउने प्रयास गरिरहेका छन्। बितेका वर्षहरुमा यो काम कम्पनीले दिनप्रतिदिन गर्दै आएको छ।  अहिले विश्वभर फेसबुकमा करिब एक अर्बभन्दा बढी मानिसहरु आवद्ध भइसकेका छन्। उनीहरु दिप्रतिदिन एकअर्कासँग जहाँ जुनसुकै कुनाबाट पनि कुराकानी र च्याट म्यासेज गरिरहेका हुन्छन्।


तर जुकरबर्गले बिनाइन्टरनेट पनि चलाउने सोचमा लागि परेका छन्। उनी यो सुविधा दिन सके फेसबुक प्रयोगकर्ता अहिलेको भन्दा दोब्बर हुने दाबी गर्दै आएका छन्।

त्यही कारणले अहिले फेसबुकले बिना इन्टरनेट कसरी काम गर्न सकिन्छ भनेर वैकल्पिक इन्टरनेट सर्भिसमा काम गरिहरेका छन्। जसको माध्यमबाट पहाड वा डाँडापाखामा जहाँ मोबाइल टावर नभए पनि सौर्य ऊर्जाबाट चल्ने ड्रोनको माध्यमबाट इन्टरनेट पुर्याउने चुनौती लिएका छन्।
-annapurnapost

,

news and entertainment