समयमै संबिधान नबनेपछि सभासदहरुको क्रिया बस्दै एक युवा
माघ-९, कञ्चनपुर । तोकिएकै समयमा संविधान निर्माण गनुपर्ने माग राख्दै कञ्चनपुरका एक जना युवाले बिहिबारदेखि सभाषदको क्रियाक्रम शुरु गरेका छन् ।
कंचनपुरको भीमदत्त नगरपालिका ४ बजारका ३० वर्षिया डम्बर खडकाले जनतालाई तोकिएको समयमै संबिधान नदिने निश्चित भएको भन्दै बिरोध स्वरूप क्रियामा बसेका हुन् । क्रिया बसेका खड्काले बिहिबार बिहान देखि महेन्द्रनगरको मदन चोकममा क्रियामा बसेका हुन् । खडकाले टाउको खैरिएर संविधानसभामा प्रतिनिधित्व गरेका ६०१ सभासदको क्रिया गरेका हुन् । खड्काले फेरिपनि सभाषदहरुले जनतासामु गरेका बाचा पुरा नगरेको र देशलाई बन्दि बनाएको आरोप लगाएका छन् ।
