फेरी अर्को विमान दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु
काठमाडौं, माघ २१ -
ताइवान राजधानी ताइपेईमा बुधबार बिहान ट्रान्स एसियाको विमान दुर्घटना भएको छ । दुर्घटनमा कम्तिमा ८
जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
५८ यात्री सवार उक्त डोमेस्टिक एयरलाइन्समा अधिकांश घाइते भएका छन् । ताइवानी केन्द्रीय समाचार
एजेन्सीका अनुसार भिडियो फुटेजमा सडकको पुल कटेर खोलमा खसेको देखिएको छ ।
