इजरायली सेनाले लखेट्दा प्यालेस्टाइनीले सेल्फी खिचेपछि…



२०७१ माघ २१ बुधवार



एजेन्सी :  इजरायलले प्यालेस्टाइनमाथि लामो समयदेखि गरिरहेको ज्यादती नयाँ नयाँ रुपमा बाहिर आइरहेका छन् ।
देशविहीन प्यालेस्टाइन क्षेत्रका नागरिकमाथि इजरायलले निरन्तर गरिररहेको ज्यादतिको विश्वव्यापी विरोध भइरहँदा पनि त्यो क्रम अझै रोकिन सकेको छैन ।
इजरायलको ज्यादतिको हतियारले प्रतिरोध गर्न नसक्ने प्यालेस्टाइनी नागरिकले सामाजिक सञ्जालमार्फत भने गतिलो जवाफ दिइरहेका छन् ।

मंगलबारमात्रै एक प्यालेस्टाइनी युवाले आफूलार्इ इजरायली सेनाले हतियारसहित लखेट्दै गरेको अवस्थामा खिचेको सेल्फी सामाजिक सञ्जालमा हालेपछि त्यसले विश्वव्यापी चर्चा पाएको छ ।
हजार शब्दको तागत एउटै फोटोमा हुने कुरा ती प्यालेस्टाइनी नागरिकले मंगलबार ट्वीट गरेको सेल्फीले प्रमाणित गरेको छ ।
इजरायली डिफेन्स फोर्सका दुर्इजना सदस्यले आफूलार्इ लखेटिरहेको अवस्थामा प्यालेस्टाइनको सांगीतिक समूह डमका एक सदस्य युवाले खिचेको सेल्फी सोही सांगीतित समूहले ट्वीट गरेको २४ घण्टामै भाइरलको रुप लिएको छ ।
सेल्फी ट्वीटरमा अपलोड भएपछि त्यसबारे विश्वका चर्चित व्यक्तिहरुले समेत उनलार्इ सहासी व्यक्तिको संज्ञा दिएका छन् ।
ट्वीटरमा अपलोड भएको प्यालेस्टाइनी नागरिकको सो सेल्फीले इजरायली ज्यादतीको अर्को पोल खोलेको अन्तर्राष्ट्रिय मिडियले जनाएका छन् ।

,

news and entertainment