नेपाल आएपछि मुम्बइमा शाहरुखलाई ३२ लाख जरीवाना
March 11, 2015
काठमाडौं । बलिउडका चर्चित अभिनेता शाहरुख खानलाई भारतीय सरकारले ३२ लाख रुपैयाँ जरिवाना तिराउने भएको छ । सोमबार नेपाल आएका खान घर फर्कने वित्तिकै जरीवानाको शिकार भएका हुन् ।
उनलाई लगाइएको जरीवाना भने नेपाल आएका कारणले होइन । उनले मुम्बईस्थित आफ्नो घर अगाडी सार्वजनिक जग्गा मिचेर बनाएको पार्किङ भत्काउन लागेको खर्च स्वरुप भारतीय सडक डिभिजनले उनलाई जरीवाना तिराउन लागेको हो ।
उनले आफ्नो घर अगाडी बनाएको पार्किङ भत्काउन पटक पटक प्रशासनले आग्रह गरेको गियो । तर, उनले नभत्काएपछि प्रशासन आएर भत्काएको थियो ।
भत्काउनकालागि प्रयोग भएका सामान र कामदारको खर्च गरि ३२ लाख ३५ हजार भएको र उक्त रकम तत्काल तीर्न प्रशासनले उनलाई आदेश दिएको हो ।