हलिउड नायिका तथा गायिका सेलेना गोमेजले गोप्य अंग नजिकै लेखिन ॐ’


काठमाडौं, असोज ४ । हलिउड नायिका तथा विश्व प्रख्यात गायिका सेलेना गोमेजले आफ्नो शरीरमा टाटु लेखाएर चर्चा बटुलेकी छन् । त्यसो त सेलिब्रेटीहरुले टाटु लेखाउनु नौलो कुरा होइन तर सेलेनाले लेखाएको टाटु संस्कृत भाषाको भएका कारण यसले बढी चर्चा पाएको हो ।


सेलेनाले आफ्नो शरीरमा ‘ॐ’ लेखाएकी छन् । ‘ॐ’लाई ब्रम्हाण्डको सार मानिन्छ भने हिन्दु, बौद्ध र जैन धर्ममा यसको विशेष महत्व र अर्थ पाइन्छ ।
२३ वर्षीया सेलेनाले आफ्ना बायाँ तिघ्रामा ‘ॐ’ लेखाएकी हुन् ।

सेलेना गत वर्ष नेपालसमेत आएकी थिइन् । युनिसेफकी सदभावना दूतका रुपमा उनी नेपाल आएकी थिइन् ।

, , ,

news and entertainment