उपचारको बिल देखेपछि झन्डै बेहास् भइन् नितु
ताजाखबर। बलिउड अभिनेत्री नितु चन्द्रा केही दिनयता अमेरिका भ्रमणमा रहेकी छिन् । शनिबार लज एन्जल्स पुगेकी नितु अचानक दाँत दुखेपछि अस्पताल भर्ना हुनुपरेको छ ।
चिकित्सकले प्रारम्भिक परीक्षण गरेपछि उनलाई अस्पताल भर्ना हुने सल्लाह दिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिकित्सकले उनको दाँतको उपचार सुरु गरेको केही घन्टामै नितुले आराम महसुस गरेकी थिइन् । यो त ठिकै भयो तर जब उनको हातमा उपचारको बिल हात पर्यो तब उनी झण्डै बेहोस् भइनन् किनकी केही घन्टा मात्र उपचार गरेकी नितुले अस्पताललाई सात लाख भारतीय रुपैयाँ तिर्नुपर्ने भएछ ।
यसले नितु आश्चर्यमा परेको समाचार छ । तर, उनले यो पैसा कसरी चुक्ता गरिन् भन्ने खबर बाहिर भने आएको छैन ।
