'इमोसन बोकेका लभस्टोरी फिल्महरू हेर्न रूचाउँछु': आर्यन सिग्देल

स्कूल बङ्क गरेर फिल्म हेर्न जाँदा थुप्रैपटक उनले बाबु थुप्रैपटक पिटाई खाएका छन्। पटक पटक पिडाइ खाइरहेपनि फिल्म हेर्न आर्यन सिग्देलले छाडेनन्। आर्यन रूचाइएका नेपाली फिल्म कलाकार हुन्। चक्लेटी अनुहार भएका यी ह्यान्डसम हिरो विशेषगरी प्रेमकथा फिल्ममा धेरै देखिएका छन्। कुनै समय नेपाली फिल्ममा साइड डान्सर रहेका आर्यनले अभिनेत्री रेखा थापासँग जोडी बाँध्दै 'किस्मत'बाट डेब्यू गरेका हुन्। झण्डै ८ वर्ष लामो फिल्म अभिनय यात्रामा उनले २ दर्जन फिल्ममा अभिनय गरिसकेका छन्।

१.      तपाई कस्को 'फ्यान' हुनुहुन्थ्यो?
नेपाली फिल्ममा म सरोज खनाल, तृप्ति र दीलिप रायमाझीको फ्यानको। बलिउड फिल्ममा म सलमान खानको फ्यान।
२.      के कारणले फ्यान?
मलाई सलमानको स्टाइल मनपर्छ। सरोज दाईको अभिनय र दीलिप दाईको डान्सको फ्यान हुँ।
३.      जीवनमा पहिलो पटक हलमा गएर हेरेको फिल्म्
मलाई त्यो याद छैन्। पहिला पहिला सानोमा फ्यामिलीको आउटिङ् हुँदा शनिवार ड्याडीले फिल्म हेर्न लैजानुहुन्थ्यो। धेरै सानो कुरा याद छैन्।
४.      आफूलाई याद भएको?
   मलाई 'लाहुर हेरेको याद छ अनि शिव श्रेष्ठ दाईको 'चिनो' हेरेको पनि याद छ।
५.      अहिलेसम्म कति वटा फिल्म हेरियो जस्तो लाग्छ?
        मलाई कति हेरें भन्ने याद छैन्। म जुनै फिल्म पनि हेर्दिन्छु। भोजपुरी नि हेरिरहेको हुन्छु, साउथ इन्डियन, हलिउडको, बलिउडको सबै हेरिराहा हुन्छु। उस्तै घर बसेको दिन छ भने २-३ वटा फिल्म हेर्छु।                 त्यसैले कति हेरें भन्ने पनि याद छैन्।
६.      मान्छेले फिल्म किन हेर्नुपर्छ जस्तो लाग्छ?
मनोरन्जनका लागि। त्यो हेरून्जेल दिमागलाई आफू भएको अवस्थाबाट निकाल्ने हुनुपर्छ।
७.      तपाईका लागि फिल्म  के हो?
मनोरञ्जनको साधन।
८.      फिल्म हेरेर केहि सिक्नु पनि भयो?
मैले सिक्नका लागि, शिक्षाका लागि भनेर कहिल्यै पनि फिल्म हेरिन।
९.      फिल्म हेर्दा विशेष गरि केमा ध्यान दिनुहुन्छ?
पहिलाचाँहि म डान्स र एक्टिङ् हेर्थे। ध्यान पनि त्यतै जान्थ्यो। अहिलेचाँहि सबैचिजमा जान्छ।
१०: कुन माध्यममा फिल्म हेर्न मनपर्छ?
   मलाई हलमा ने हेर्न मनपर्छ। त्यो छैन् भने हेडफोन लगाएर ल्यापटपमा।
११ फिल्म कसरी छान्नुहुन्छ?
इमोसन बोकेका लभस्टोरी फिल्महरू हेर्न रूचाउँछु। ड्रामाहरू भएको फिल्म छान्छु।
१२. आफूलाई मनपरेको फिल्मी चरित्र?
त्यस्तो त मैले मनमा कहिले पनि राखिन्।
१३. आफूलाई आइकोनिक लागेको खलपात्र?
सुनिल थापा, मुरलीधरहरुले निर्वाह गर्नुभएका खलपात्रहरु।
१४. कुनै फिल्मको पात्र, जससँग तपाईले आफूलाई निकट पाउनुभयो?
   त्यो त प्रत्येक फिल्म पाउँछु तर ठ्याक्कै आफूजस्तो भन्ने पात्र एउटै फिल्ममा भेटेको छैन्।
१५. धेरैपटक दोहोर्‍यार हेरेको फिल्म?
डेनी र भूवन 'साइनो'
१६. जीन्दगीको कुन समयमा धेरै फिल्म हेरियो?
 संघर्ष गर्दाको समयमा
१७. मनपर्ने निर्देशकको जसको तपाई डाईहार्ड फ्यान हुनुहुन्छ?
मैले मेरो फिल्मको निर्देशक भनेर भनेको होइन्, म दिनेश राउतको डाइहार्ट फ्यान हो।
१८.पछिल्लोपटक हेरेकोमा असाध्यै मनपरेको फिल्म?
द लङ्गेस्ट राइड

, ,

news and entertainment