फिस्टेल एयरको हेलिकप्टर लाङ्टाङमा दुर्घटना
धुन्चे (रसुवा), ४ चैत, फिस्टेल एयरको ९एन–एजेआइ हेलिकप्टर केहीबेरअघि लाङ्टाङको क्याङ्जेनमा दुर्घटना भएको छ । बि थ्री नामको उक्त हेलिकष्टर धुन्चेबाट क्याङ्जेनका लागि उडेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । विष्टका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन ।
aajakokhabar
