अन्टार्कटिकामा पग्लिँदै पहाड भन्दा ठूला बरफका चट्टान

एजेन्सी: पृथ्वीको बढ्दो तापक्रमका कारण अन्टार्कटिकामा पहाड भन्दा पनि ठूला बरफका चट्टान पग्लिन थालेका छन् ।

हालै मात्र वैज्ञानिकहरुको एक समूहले अन्टार्कटिकामा अमेरिकाको म्यानहटन सहर भन्दा पनि ठूलो बरफको पहाड पग्लेर फुट्न लागेको पत्ता लगाएका छन् ।


वैज्ञानिकहरुले यो विशाल बरफको चट्टा कुनै पनि समयमा पग्लिएर झर्ने अवस्थामा पुगेको चेतावनी दिएका छन् । यो चट्टान पग्लिनेबारे चर्चा हुनुको खास कारण भनेको यसको आकारले हो ।

वैज्ञानिकहरुका अनुसार बरफको यो चट्टान अमेरिकाको म्यानहट्टन द्वीप भन्दा पनि ठूलो रहेको छ । संयुक्त राज्य अमेरिकाका भू-वैज्ञानिक सर्भेक्षणमा स्याटेलाइट परीक्षणका क्रममा यो चट्टान पग्लन लागेको तथ्य बाहिर आएको हो ।

वैज्ञानिकहरुका अनुसार यो बरफको चट्टान एक हजार सात सय ५० वर्ग किलोमिटर (६ सय वर्ग माइल) सम्म फैलिएको छ।

यहाँ अघिल्ला कयौं वर्षदेखि बरफका चट्टान पग्लेर गिर्ने र टुट्ने क्रम जारी रहेको छ । यसरी चट्टान पग्लेर झर्नुमा बढ्दो तापक्रम कारण हो । जब तापक्रम बढ्दै जान्छ तब बरफमा चट्टान कम्जोर हुँदै पग्लिन थाल्छन् ।

यसभन्दा अघिका कयौं वैज्ञानिक रिपोर्टमा अन्टार्कटिकाको नजिकतर्फ समुद्री बरफ फैलिरहेको जनाइएको थियो । तर हालैमा यसको ठीक विपरित बढ्दो तापक्रमका कारण बरफ पग्लिँदै गएर ग्लेसियर दिनदिनै घटिरहेको छ ।

वैज्ञानिकका अनुसार बढ्दो तापक्रमले पृथ्वी तात्दै गएपछि यहाँका ठूला बरफका चट्टानी पहाडहरु पानीमा बद्लिरहेका हुन् ।
annapurnapost

,

news and entertainment