‘गेल आउट् ! सक्किगो नी !!’ भन्ने बाबुरामलाई ट्वीटरमा यसरी उडाइयो
काठमाडौं । राजनीतिक, सामाजिक, आर्थिक, खेलकुदसहितका विषयमा सामाजिक संजालमार्फत पब्लिकसँग साक्षात्कार गर्दै आएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले गएराती भारत वेस्ट इण्डिजबीच सेमिफाइनल चल्दै गर्दा ‘गेल आउट ! सक्किगो नी !! भन्दै गरेको ट्वीटलाई लिएर उनलाई उडाइएको हो ।
खेल चल्दै गर्दा वेस्ट इण्डिजका खतरनाक ब्याटसम्यान क्रिस गेल ५ रनमा आउट भए लगत्तै इण्डिज टोली हार्ने संकेत गर्दै भट्टराईले तत्कालै यो ट्वीट गरेका थिए ।
उनको ट्वीट लगत्तै बाबुरामलाई अधैर्य नेताको संज्ञा दिंदै उनलाई उडाइयो । ‘लालध्वजले छाड्दैमा माओवादी सक्किने र गेल आउट हुँदैमा वेस्ट इण्डिज हार्ने होईन बुढा बिचार पुर्याउ’ भन्दै बाबुरामको अधैर्य शैलीप्रति कटाक्ष गरिएको हो । पछि सम्हालिंदै मार्लोन सामुयल्स, जोनसन चाल्र्स र लेन्डल सिमोन्सले भारतलाई उसकै भूमिमा घुँडा टेकाए थिए । जितेपछि ‘वेलडन वेस्ट इण्डिज, बधाई’ छ भन्दै बाबुरामले ट्वीटे ।
ट्वीटरमा बाबुरामका ट्वीटमाथि यसरी खनिए ट्वीटे
khabardabli