एलपी ग्याँसको सहज बिक्रीवितरण गराउन आयल निगम र आपुर्ति मन्त्रालयलाई उपभोक्ताहीत सम्वन्ध समितिको निर्देशन, दीर्घकालीन समाधान खोज्नु पर्ने
व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिले सर्वसाधारणलाई खाना पकाउने एलपी ग्याँसको सहज बिक्रीवितरण गराउन नेपाल आयल निगम र आपुर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । पटक पटक निर्देशन गर्दा समस्या ज्युँ का त्यूँ रहेपछि आपुर्ति सचिव र निगमका महानिर्देशकलाई समितिमै बोलाई वजारको अवस्था सहज गराउन समितिले निर्देशन दिएको हो ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिले बजारमा एलपी ग्याँसको अभाव कायमै रहेपछि दीर्घकालीन समाधानको उपाय खोज्न निगम र मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति भीष्मराज आङदेम्बेले जानकारी दिनुभयो ।
समिति वैठकमा सांसदहरुले विश्ववजारमा ग्याँस र पेट्रोलियम पदार्थको मुल्य घटदा समेत किन नेपाली वजारमा पैसा तिरेर पनि नपाएको, इन्धन आपुर्ति हुँदाहुदै पनि किन सहज वितरण नभएको, किन आधिकारीक रुपमा अनुगमन नभएको भनि आपुर्ति सचिव र निगमका कार्यकारी अधिकृतको ध्यानाकर्षण गराएका थिए ।
नेपाल आयल निगमका महानिर्देशक गोपाल खनालले निगमले सकेसम्म आपुर्ति सहज गराउन लागिपरेको समितिलाई जनकारी गराउनुभयो । मलेसिया, युएयी लगायतका मुलुकहरुले इण्डियन आयल कर्पोरेसनले भन्दा सस्तो मूल्यमा इन्धन दिने प्रतिवद्धता जनाएकाले उनीहरुसंग इन्धन किन्ने बातावरण बनाउनु पर्ने बताउनुभयो ।
नाकावन्दी खुला भएपछि पनि बजारमा इन्धन र खाना पकाउने ग्याँसको सहज आपुर्ति हुन नसकेपछि समितिले सम्वन्धित निकायलाई निर्देशन दिएको हो ।
News24Nepal
ग्याँसको बिक्रीबितरण सहज बनाउन निर्देशन
news and entertainment