एउटा मुसो मार्नेलाई ४० रुपैँया पुरस्कार !

एजेन्सी: पाकिस्तानको पेशेवरमा मुसाले टोकेर शिशुको मृत्यु भएपछि प्रशासनले मुसाको आतंक बन्द गर्ने घोषणा गरिएको छ।शिशुको ज्यान गएपछि स्थानीय प्रशासले एउटा मुसा मारेबापत ४० रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।


मुसाले दु:ख दिएर आमजनता आजित भएपछि स्थानीय सरकारले नै मुसा मार्न सबैलाई आग्रह समेत गरेको छ। मुसा मार्ने सबैलाई प्रोत्साहनस्वरुप ४० रुपैयाँ दिने भएको छ।


शहरको पानी वा सफाइ केन्द्र सेवा विभाग नजिकै चारवटा मुसा मार्ने केन्द्र बाइने भएको छ । जहाँ मारिएका सबै मुसालाई एकै ठाउँमा राखेर व्यवस्थापन गरिने भएको छ ।

मुसा मार्ने व्‍यक्तिलाई पुरस्कार दिनका लागि मुसा मारेको सूचना लिनका लागि मोबाइल फोन सेवाको समेत व्‍यवस्था गरिने बताइएको छ।

घरघरमा मारिने मुसाबारे दाबी पत्रसमेत वितरण गर्ने सरकारले तयारी गरेको छ। पेशावरको नाजिम जिल्लाका प्रमुख मुहम्मद आसिमले मुसा आतंक समाप्त पार्नका लागि बैठक समेत बोलाएका छन् ।

मुसाले त्यहाँ स्वाथ्यसम्बन्धी समस्या ननिम्त्याए पनि मानिसलाई टोकेर क्षति पुर्याउने गरेको छ। अहिलेसम्म पेशावरमा २२ देखि ३० सेन्टिमिटरसम्मका मुसा पाइएको छ।
annapurnapost

,

news and entertainment