१२ को परिक्षा दिदैंछिन् अनमोलकी हिरोइन आना
यूवास्टार अनमोल केसीले अभिनय गरेको दोस्रो चलचित्र 'जेरी'मा मुख्य भुमिका निभाएकी आना शर्मा यति बेला बैंशाख २० गतेबाट सुरु हुन लागेको १२ कक्षाको परिक्षाको तयारीमा जुटेकी छिन् । चलचित्र ‘जेरी’ उत्कृष्ट अभिनय गरेर दर्शकको मन जितेकी यी अभिनेत्रीले त्यसपछि दोस्रो चलचित्रमा काम गरेकी छैनन् ।
पहिलो चलचित्रमै अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्ने अवसर पाएकी आनालाई ‘जेरी’ पछि थुप्रै चलचित्रबाट अभिनयको प्रस्ताव आएपनि उनले सबै चलचित्रलाई अस्वीकार गर्दै आइरहेकी थिइन । कक्षा १२ को अन्तिम परीक्षा दिने तयारी गरिरहेकी आना सार्वजनिक समारोहमा आफ्नो परिचय दिने क्रममा आफूलाई ‘नायिका’ नै भन्न रुचाउँछिन् ।
मिस नेपालकी कोरियोग्राफर रचना शर्मा गुरुङकी छोरी आना कक्षा १२ को परीक्षापछि भने चलचित्रमा आउने सम्भावना प्रबल रहेको बताइएको छ । चलचित्र जेरी प्रदर्शनमा आएपछि अनमोल र आनाबिच प्रेम सम्बन्ध रहेको पनि बाहिर आएको थियो तर यो कुरा पछि आफैं हल्लामा सिमित भयो ।
etajaakhabar
